बाजुरामा गोली हानी महिलाको हत्या, श्रीमान् पक्राउ

Yugnepal     937 पटक पढिएको    

बाजुरामा गोली हानी महिलाको हत्या, श्रीमान् पक्राउ

बाजुरा । बाजुरामा गोली हानी एक महिलाको हत्या गरिएको छ। जिल्लाको गौमुल गाउँपालिका ४ मा एक महिलालाई गोली हानेर हत्या गरिएको हो। गएराति ३३ वर्षीया सुन्तु रोकायालाई भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी बाजुराले जनाएको छ।

सुन्तुका ४० वर्षीय श्रीमान् गोरख रोकायाले गोली हानी हत्या गरेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्‍नाले जानकारी दिए। भैंसी गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अवस्थामा फेला परेपछि बिहीबार बिहान मात्रै माइती पक्षले प्रहरीलाई जानकारी आएको प्रहरी निरीक्षक ठगुन्‍नाले बताए।

जानकारीपछि गौमुल गाउँपालिकाको केन्द्र घटमुना प्रहरी चौकीबाट प्रहरी टोली गएको छ। मृतकका श्रीमान् गोरख रोकायालाई एकथान बरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।



बिहिबार २७, चैत २०७६ ०३:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal