लकडाउनको १४ औं दिनः सरकार चूप, उल्लंघन गर्ने बढेको बढ्यै

Yugnepal     863 पटक पढिएको    

लकडाउनको १४ औं दिनः सरकार चूप, उल्लंघन गर्ने बढेको बढ्यै

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन लगाएको सोमबार १४ औं दिन भएको छ । 

गएको चैत ११ गते सरकारले लकडाउन लगाएको थियो । एक हप्ताका लागि सुरुआतमा लगाइएको लकडाउन पहिलो पटक थपेर चैत २५ सम्म पुर्याइएको थियो । 

यो समय फेरि एक हप्ता थप्ने तयारी भइरहेको बुझिएको छ । तर सरकार भने चुप लागेर बसेको छ । 

मंगलबार सकिँदै गर्दा सरकारले अहिलेसम्म समय थप्ने वा नथप्ने भनी निर्णय गरिसक्नु पर्दथ्यो । तर चुपचाप बसिरहेको छ । 

लकडाउनको समय भने अझै लम्ब्याउनु पर्ने आवाज उठिरहेका छन् । कोरोना संक्रमित ९ जना भइसकेको र सुदूरपश्चिममा कोरोनाको संक्रमण दोस्रो चरणमा पुगेकाले त्यो झनै खतरा हुने चिकित्सकहरुले बताएका छन् । 

उल्लंघन बढ्दो
लकडाउन उल्लंघन गर्ने भने बढ्दै गएका छन् । आइतबार काठमाडौं उपत्यकाबाट प्रहरीले २ हजार भन्दा बढीलाई पक्राउ गरेको थियो । 

रमिता हेर्न र घरमा बस्दा अल्छि लागेर लकडाउन तोड्दै सडकमा हिँडनेहरु पनि रहेका छन् । 

त्यस्तै सवारी साधन चलाएर हिँड्नेहरु पनि छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक महेशराज पाठकका अनुसार ५०३ वटा दुई पांग्रे र ४६ वटा चार पाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिएर कार्वाही गरिएको छ । 

सोमबार पनि उल्लंघन गर्नेहरु उल्लेख्य रहेको बताइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव निरीक्षक पशुपति बस्ताकोटीले बिहान दिएको जानकारी अनुसार बाहिर निस्केका २८५ जनालाई होल्ड गरिएको थियो । 

प्रहरीले पक्राउ गरेकालाई ३ घण्टा होल्डमा लिएर सचेतना क्लास दिएर छाड्ने गरेको छ । तर पनि रहर हो कि वाध्यता हो मान्छे सडकमै होमिएको छ । 

विशेष पास लिएकाले समेत पनि लकडाउन उल्लंघन गरेका छन् । पहिलो चरणमा पास लिएर दोस्रो पटक नविकरण नगरेकाहरुले लकडाउन उल्लघन गरेपछि त्यस्तालाई प्रहरीले पक्राउ गरेको हो । 

आइतबार मात्रै तीन दर्जन त्यस्ता नक्कली सवारी चालकलाई कार्वाही गरिएको हो । 



सोमबार २४, चैत २०७६ १२:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal