नेपालगन्ज । बाँकेमा कोरोना परिक्षणका लागि काठमाण्डौ टेकु अस्पताल पठाइएका थप ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै एक १९ बर्षीया कोरोना संक्रमित युवतीसंगै नेपाल आएका बाँकेका ४ जना सहित मलेसियाबाट आएका दुई जनाको रिपोर्ट पनि नेगेटिभ आएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा।प्रकाश थापाले बताए ।
योसंगै बाँकेमा १३ वटा नमुनाको रिपोर्ट नेगेटिभ देखिएको छ । यसअघि पनि ७ वटाको रिपोर्ट नेगेटिभ आएको थियो । हिजो पठाइएका १० वटा नमुनाको रिपोर्ट भने आउन बाँकि छ ।हाम्राकुराबाट
प्रतिकृया दिनुहोस