एमसीसीको विरोधमा ९ दलले धनगढीमा संयुक्त प्रदर्शन गर्ने

Yugnepal     772 पटक पढिएको    

एमसीसीको विरोधमा ९ दलले धनगढीमा संयुक्त प्रदर्शन गर्ने

धनगढी  सरकारले मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी अन्तर्गतको अनुदान सम्झौता सम्बन्धी विधेयक पास गर्न खोजेको भन्दै विभिन्न ९ दलले धनगढीमा विरोध प्रदर्शन गर्ने जनाएका छन्।
 

अमेरिकी सरकारको सहायता कोष एमसीसीमार्फत नेपालमा आफ्नो हस्तक्षेप बढाउने कार्य राष्ट्रका लागि अनुपयुक्त भएको भन्दै ती दलले आन्दोलनमा उत्रिने जनाएका छन्।

बिहिबार धनगढीमा पत्रकार सम्मेलनको योजना गर्दै नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, राजमो, देजमो, नेकपा९माले०, नेकपा९माओवादी केन्द्र०, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय जागरण परिषद र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा माघ २४ गते धनगढीमा विरोध प्रदर्शन गर्ने बताएका छन्।

कालापानी क्षेत्र भारतीय नक्सामा सार्वजनिक गरीँदा समेत सरकार मौन बसेको र राष्ट्रघाती एमसीसी विधेयक ल्याउन खोजेको भन्दै विरोधसभा गरिने सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष नन्दराज भट्टले बताए।

नेकपा९क्रान्तिकारी० माओवादीका केन्द्रिय सदस्य रामबहादुर केसीले सरकारले एमसीसी विधेयक कुनै पनि हालतमा पारीत गर्न नहुने बताए। उनले उक्त विद्येयकलाई राष्ट्रघाती विधेयकको संज्ञा दिए। सरकारलाई चेतावनी स्वरुप शुक्रबार धनगढीमा संयुक्त रुपमा विरोध प्रदर्शन गरिने केसीले बताए।

 



बिहिबार २३, माघ २०७६ ०७:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal