हेलिकोप्टर द्वारा सुत्केरी महिलाको उद्वार ।

Yugnepal     1253 पटक पढिएको    

हेलिकोप्टर द्वारा सुत्केरी  महिलाको उद्वार ।

    प्रदिप मलासी   बझाङ्ग   - नेपाली सेनाको हेलिकोप्टर मार्फत एक जना सुत्केरी  महिलाको उद्वार गरिएको छ । शनिवार सुत्केरी भएकि थलारा गाउपालिका वडा न ८ की ३२ वर्षिया सरिता सिँहको आइतवार दिउसो २ बजे तिर नेपाली सेनाको हेलिकोप्टरले उद्वार गरेको हो ।
 सामान्य तरिका बाट बच्चा जन्माएकि सिँहको पछिल्लो समय पेट फुल्ने समस्या र पाठेघरमा रगत देखापरे पछि उनलाइ नेपाली सेनाको हेलिकोप्टर बाट नेपालगंज रेफर गरिएको जिल्ला अस्पताल बझाङ्गका प्रमुख  डा संदिप ओखेडाले बताउनु भयो पेट फुल्ने समस्या भए पछि उनको जिल्ला अस्पताल बझाङ्गमा सल्यक्रिया गर्दा सिँहको एक फिट  सानो आन्द्रामा गम्भिर समस्या भइ काम नलाग्ने अवस्था भएको भेटाएपछि तत्कालै रेफर गरेर हेलिकोप्टर को प्रबन्ध गर्न प्रतिनिधसभा सभा सदस्य माननिय आशा बि क र जिल्ला प्रशासन कार्यालय बझाङ्ग लाइ जानकारी गरापछि नेपाली सेनाको हेलिकोप्टर बाट सिँह लाइ नेपालगँज मेडिकल कलेज पुर्याइएको छ ।

 



सोमबार ०६, माघ २०७६ ०५:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal