सीमाबचाऊ अभियानले बनायो नेपालको नयाँ नक्सा

Yugnepal     944 पटक पढिएको    

सीमाबचाऊ अभियानले बनायो नेपालको नयाँ नक्सा

 

काठमाडौं । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्शा तयार गरी सार्वजनिक गरेको हो ।

नक्शा तयार गरेको विधिबारे जानकारी दिदै अभियानका प्रा। डा। नरेन्द्रराज खनालले विज्ञका हिसाबले नदीको रखांकन गरिएको बताए । उनले भने, डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं । यही विधिबाट रेखांकन गरिएको जानकारी समेत दिए । नक्शा बनाउँदा कालीनदीको मुहानबारे प्रष्ट पारिएको बताए ।

सीमा बचाऊ अभियानको नक्शा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमाना मानेर नक्शा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए । उनले नक्शा तयार पारिएको विधि समेत उल्लेख गरे ।

नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्शाबारे घरघरमा चर्चा हुनुपर्ने बताए । उनले भने, ‘हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो ।’ सार्वजनिक गरिएको नक्शा सुगौली सन्धीअनुसारको भएको बताए । भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाई थियो ।

नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्शा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिए । उनले कालीनदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको सुनाए । उनले भने, ‘हामीले गर्नुपर्ने काम तपाईंहरुले गर्नुभएकोमा धेरै धन्यवाद छ ।’

पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गर्न नक्सा सार्वजनिक गर्नुपर्नेमा गरिएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘भारतको नयाँ नक्सालाई हामीले मिलेर प्रतिरोध गर्न आवश्यक छ ।’

सरकारका पूर्व सचिव तथा अभियानकर्ता डा। द्वारिकानाथ ढुंगेलले तयार पारिएको नक्शा नेपाल सरकारसम्म पु¥याउने जानकारी दिए । नक्शा तयार भएकाले सबै क्षेत्रमा पु¥याउनुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसंघसम्म नक्शा पु¥याउनेबारे विचार गरिएको उनको भनाइ थियो । हिमालय टाइम्स    अनलाइन बाट साभार

 



सोमबार ०९, मङि्सर २०७६ ०७:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.