पाँच वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

Yugnepal     959 पटक पढिएको    

पाँच वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाइएको छ । नेकपा सचिवालय बैठकले बुधबार यस्तो निर्णय गरेको हो । यसअघि केपी शर्मा ओली नै कार्यकारी अध्यक्ष भूमिका निर्वाह गरेका थिए । तर पनि बैठकको अध्यक्षता संयुक्त गर्ने गरिएको थियो ।

“कार्यकारी अधिकारसहितको पार्टीको नेतृत्व प्रचण्डले गर्ने कुरामा सहमति जुटेको छ,” प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै भने, “एकजनाले सरकारको नेतृत्व र अर्कोले पार्टीको नेतृत्व गर्नुहुनेछ ।” तर दुवै नेताको वरीयता भने बराबर हुनेछ । पार्टी र सरकार सञ्चालन दुवै नेताको सहमति, सल्लाह र समझदारीमा हुनेछ ।



बिहिबार ०५, मङि्सर २०७६ १०:२८ मा प्रकाशित

#नेपाल कम्युनिष्ट पार्टी

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal