डोटीमा बस दुर्घटना, १० जना घाइते

Yugnepal     901 पटक पढिएको    

डोटीमा बस दुर्घटना, १० जना घाइते

 


धनगढी– डडेल्धुराबाट महेन्द्रनगरतर्फ आइरहेको ना ४ ख ८२३५ नम्बरको बस डोटीकोे जोरायल गाउँपालिका स्थित गरुडमा दुर्घटना हुँदा १० जना घाईते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

घाईतेहरुलाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल ल्याइएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नीरीक्षक मोहन साउँदका अनुसार बस सडकबाट १० मिटर तल खसेको थियो। बस अनियन्त्रीत भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको उनले बताए।

इलाका प्रहरी कार्यालय बुडर र फल्टुडेको टोलीले घाइतेको उद्धार गरेका थिए।

 



आइतबार ०३, कार्तिक २०७६ ०७:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal