पनौती जेसीजद्वारा शिक्षकहरुलाई प्रशिक्षण

Yugnepal     1085 पटक पढिएको    

पनौती जेसीजद्वारा शिक्षकहरुलाई प्रशिक्षण

काभ्रै । पनौती जेसीजले शिक्षकहरुको नेतृत्व विकास तथा क्षमता अभिबृद्धि गर्नका लागि एक दिने प्रभावशाली नेतृत्व विकास एवं शिक्षण रणनीति प्रशिक्षण गरेको छ । कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो ।

जापानबाट इन्स्ट्रक्सनल डिजाइन एण्ड टेक्नोलोजी मा विद्यावारिधि गरेका डा। जिवक राज बज्राचार्य र जापानबाट एजुकेशनल डेभलपमेण्डमा विद्यावारिधि गरेका डा। डिनु बज्राचार्यले प्रशिक्षण दिएका हुन् ।

पनौती जेसीजले संचालन गरेको उक्त प्रशिक्षणमा पनौतीका विभिन्न निजी तथा सरकारी विद्यालय बाट ४६ जना शिक्षकहरुको सहभागीता रहेको थिए ।

पनौती जेसीजका अध्यक्ष अनिस ब्लोन लामाको सभाप्तित्वमा सम्पन्न सो कार्यक्रममा पनौती जेसीजका पुर्व अध्यक्ष एवं एमनेस्टी ईन्टरनेस्नल ७२ का संयोजक राजेश श्रेष्ठ, पनौती जेसीजका पुर्व अध्यक्ष एवं लायन्स क्लब अफ पनौतीका अध्यक्ष राजाराम कर्माचार्य, लायन क्लब अफ केटीएम ईन्द्रेस्वरका अध्यक्ष राम कुमार बस्नेत, पनौती जेसीजका पुर्व अध्यक्षहरु प्रयाग केसी, विजय अधिकारी तथा शिक्षकहरुको उपस्थिति रहको थियो ।

सो तालिम शिक्षकहरुको नेतृत्व विकास र क्षमता अभिवृद्धिका लागि गरिएको पनौती जेसीजका अध्यक्ष अनिस ब्लोन लामाले जानकारी दिएका थिए । उनले शिक्षकले नेतृत्व गर्ने क्षमताको बिकास गरेर शिक्षकको हकहित अधिकारका साथै एक शिक्षकले कसरी विद्यार्थीहरुबाट उत्कृष्ट नतिजा ल्याउन सकिन्छ भन्ने बारेमा तालिमले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव हुमागाईले शिक्षकहरु नेपालको हरेक आन्दोलनको अग्रपन्ति रहेर योगदान गरेको र समाज बनाउन खेलेको नेतृत्वदायी भुमिकाको चर्चा गरे।



सोमबार ०६, असोज २०७६ ०२:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal