टीकापुरमा डल्फिन महोत्सव सुरु

Yugnepal     942 पटक पढिएको    

टीकापुरमा डल्फिन महोत्सव सुरु

 

कैलालीको टीकापुरमा आजदेखी डल्फिन महोत्सव सुरु भएको छ। महोत्सवको एक कार्यक्रमकाबिच संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले उद्धघाटन गरे। तीन दिनसम्म चल्ने महोत्सव कैलाली होटेल व्यवसायी सङ्घको आयोजनामा सुरु भएको हो।

वर्षायाममा नदीहरूमा देखिने डल्फिनले पर्यटक आकर्षित गर्न सक्ने भएकाले प्रचार–प्रचारका लागि महोत्सव आयोजना गरिएको संघका अध्यक्ष नरेन्द्र शाहीले बताए। महोत्सवका क्रममा आगन्तुक लाई नदीमा ¥याफ्टिङ गराएर डल्फिन देखाइने उनले बताए।

महोत्सव मार्फत डल्फिन संरक्षण र प्रचार–प्रसारका लागि राज्यको ध्यानाकर्षण गराउन खोजिएको आयोजकले जनाएको छ।



शनिबार २८, भदौ २०७६ ०७:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal