कैलालीमा  निर्माण तथा हार्डवेयर मेला हुने

Yugnepal     665 पटक पढिएको    

कैलालीमा  निर्माण तथा हार्डवेयर मेला हुने

 

धनगढीमा निर्माण तथा हार्डवेयर मेला  बिल्डिङ एक्सपो   हुने भएको छ। कैलाली हार्डवेयर व्यवसायी संघले असोज १२ गतदेखि १५ गते सम्म एक्सपोको आयोजना गर्ने भएको हो। निर्माण सामाग्रीहरुको प्रदर्शनीका लागि एक्सपोको आयोजना गर्न लागिएको कैलाली हार्डवेयर व्यवसायी संघले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ।

कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष सुरेन्द्र राठीले निर्माण सामाग्रीको खरिदमा छुट सहितको मेलाको आयोजन गर्न लागिएको बताए। राठीले हार्डवेयर व्यवसायी तथा निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरुका ८० बढि स्टलहरु मेलामा हुने बताउनुभयो। निर्माण सामाग्रीको विक्रि वितरण तथा बजारीकरणका लागि मेलाले सहयोग गर्ने अपेक्षा गरिएको छ।

दशैको नजिक मेलाको आयोजना गर्न लागिएकाले अवलोकन कर्ताको संख्यामा पनि  गत वर्षको भन्दा बृद्धि हुने अपेक्षा गरिएको कैलाली हार्डवेयर व्यवसायी संघका महासचिव कुवेर शाहीले बताए। यो पटकको मेलामा २० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको छ। सुदूरपश्चिमका निर्माण व्यवसायी तथा स्थानीयलाई निर्माण सामाग्री र कम्पनीका बारेमा जानकारी दिन मेलाको आयोजन गर्न लागिएको हो। सुदूरपश्चिममा निर्माण मेला गत वर्ष पनि लागेको थियो। 



बिहिबार १९, भदौ २०७६ ०६:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal