चौपाया छाड्नेलाई कारबाही

Yugnepal     863 पटक पढिएको    

चौपाया छाड्नेलाई कारबाही

 

डोटी– दिपायल सिलगढी नगरपालिका वडा नंं। ४ ले जथाभाबी चौपाया छाड्नेलाई कारबाही गर्ने भएको छ।

वडा कार्यालयका अनुसार सडकलगायत सार्वजनिक ठाउँमा चौपाया छाड्ने स्थानीयवासीको सेवा सुविधा रोक्ने बताएको छ।

स्थानीयवासीले जथाभाबी चौपाया छाडेका कारण समस्या भएको गुनासा बढेपछि वडा कार्यालयले सो निर्णय गरिएको जनाएको छ।

वडाभित्र बसोबास गर्ने स्थानीयवासीले लामो समयदेखि छाडा चौपाया सडकलगायत सार्वजनिक स्थानमा जथाभाबी छाड्ने गरेका कारण यातायात तथा बाली खेती नष्ट गर्ने गरेका छन् ।

चौपायाले बालीलगायत अन्य तरकारी खाएर नोक्सान गरेका उजुरी गरे तत्कालै निज पशु धनीबाट नै क्षतिपूर्ति भराउने तथा निजको सेवा सुविधा पनि रोकिने निर्णय गरिएको वडाले जनाएको छ। 



सोमबार १३, साउन २०७६ ०२:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal