मनाङमै भेटियो तिलिचो भन्दा अग्लो स्थानमा अर्को ताल

Yugnepal     718 पटक पढिएको    

मनाङमै भेटियो तिलिचो भन्दा अग्लो स्थानमा अर्को ताल

 

संसारकै सबैभन्दा अग्लो ठाउँमा रहेको तिलिचो ताल भनेर हामीले पढ्दै र पढाउँदै आइरहेको अवस्थामा त्यो भन्दा अग्लो ठाउँमा अर्को ताल भेटिएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीको टोलीले यो ताल पत्ता लगाएको हो ।

पर्यटन प्रवद्र्धन गर्न के गर्न सकिन्छ भनेर एक दिन उनीहरुले गाउँपालिकाका विभिन्न ठाउँमा गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश ९लमजुङ हिमाल० बेसक्याप नजिकै एउटा कुण्ड देखे । गुगल म्यापमा तालको नाम ‘कजिन सारा लेक’ लेखिएको थियो । घलेले गाउँका बुढापाकासँग सोधे ।

गोठालाहरुले ताल छ भनेपनि उक्त ठाउँमा जाने जुक्ति निकाले । पाका उमेरका गोठाला जान नसकेपछि २२ वर्षे भेडी गोठाला भैर गुरुङलाई लिएर २९ जनाको टोली त्यो ठाउँतिर लाग्यो । उनीहरु दुई दिनमा तालछेउ पुगे । त्रिकोण आकारमा रहेको ताल मनमोहक देखेपछि मनाङस्थित सशस्त्र प्रहरीको ३२ नम्बर गुल्म चोमेका इन्स्पेकटर बाबुराम लम्सालले ग्लोबल पोजिसनिङ सिस्टम ९जिपिएस० बाट उचाइ नापे ।

५ हजार २ मिटर उचाइमा ताल देखेपछि प्रष्ट भयो, संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको लिलिचो ताल ९९४१९ मिटर० भन्दा अग्लो स्थानमा रहेको छ ।



शुक्रबार १०, साउन २०७६ १२:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.