अज्ञात समूहद्वारा डोटीको वडा कार्यालयमा आगजनी

Yugnepal     611 पटक पढिएको    

अज्ञात समूहद्वारा डोटीको वडा कार्यालयमा आगजनी

अज्ञात समूहद्वारा डोटीको वडा कार्यालयमा आगजनी

डोटी   जिल्लाको जोरायल गाउँपालिका–४, लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार अज्ञात समूहले गएराति करिब १ बजेको समयमा आगजनी गरेको हो ।

आगजनी किन र कसले गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता धामीले बताए । उनले भने, ‘घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ, किन र कसले आगजनी गर्यो भन्नेबारे अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।’

आगजनीबाट उक्त वडा कार्यालयको वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सरसामान जलेर नष्ट भएको वडाध्यक्ष नन्दराज भट्टले बताए । उनले भने, ‘आगजनीबाट म र वडासचिव बस्ने कोठामा भएका सामान जलेका छन्, कसले जलायो अहिलेसम्म जानकारी आएको छैन ।’

विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । अज्ञात समूहको आगजनीपछि जोरायल क्षेत्रमा अहिले ठूलो सङ्ख्यामा प्रहरी टोली परिचालन भएको बताइएको छ ।



मङ्गलबार ०७, साउन २०७६ ०६:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.