भारतीय फिल्म अवार्ड आईफा नेपालमा नहुने

Yugnepal     911 पटक पढिएको    

भारतीय फिल्म अवार्ड आईफा नेपालमा नहुने

 

काठमाडौं, भारतीय फिल्म अवार्ड आईफा आयोजना नेपालमा नहुने भएको छ। नेपाल पर्यटन बोर्डले आईफा अवार्ड नगर्ने निर्णय गरेको हो।

अवार्डको चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने निर्णय गरेको हो। हिजो संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समेत अवार्ड कार्यक्रम नगर्न निर्देशन दिएको थियो।  

नेपाल पर्यटन बोर्ड उच्च स्रोतका अनुसार कार्यक्रम नगर्ने निर्णय गरेको जानकारी दिएको छ। गत असार ८ गते मन्त्रिपरिषद बैठकले उक्त अवार्ड कार्यक्रम नेपालमा गर्ने निर्णय गरेको थियो।

अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने समेत जनाएको थियो।



बुधबार १८, असार २०७६ ०२:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal