गुठी तैनाथी जग्गामा घर बनाएकाहरु कहाँ जाने रु भुकम्पको ४ बर्ष बित्दा पनि पुनःनिर्माण शून्य मति

Yugnepal     1177 पटक पढिएको    

गुठी तैनाथी जग्गामा घर बनाएकाहरु कहाँ जाने रु भुकम्पको ४ बर्ष बित्दा पनि पुनःनिर्माण शून्य मति

 

ललितपुर। नेपालमा करीब ५० हजार रोपनी जमिन, गुठी तैनाथी जग्गा छ। त्यस्ता जग्गामा, पुस्तौंदेखि दर्जनौं परिवारले, कमाउने, हेरचाह गर्नेसँगै घरसमेत बनाएर बसेका छन्। २०७२ सालको भुकम्पले त्यस्ता अधिकांश घर भत्केका छन्। तर भुकम्प गएको ४ बर्ष हुँदा पनि तैनाथी जग्गामा घर बनाएर पुस्तौंदेखि बस्दैआएका अधिकांशले घर बनाउन पाएका छैनन्।

उपत्यकाका अधिकाशं गुठी तैनाथी जग्गाको जिम्मा लिएका वा कमाएकाहरु अहिले बेघरबार भएका छन्। भर्खरै सम्पन्न रातो मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न गर्ने जिम्मा पाएका बाराही, पुतुवार, पुजारी लगायतलाई बर्षभरी काम गरेबापत तलबका रुपमा हजारौं रोपनी कमाउन दिइएको छ।

त्यसबापत उनीहरुले जग्गा संरक्षण गर्नकै लागि जुन स्थानमा जग्गा दिएका छन्, त्यहीं घर पनि बनाएर बसेका थिए। तीमध्ये एक हुन्, ६० वर्षीय मंगल पुतुवार श्रेष्ठ। पुस्तौंदेखी नातेदार आफन्तसँग समेत टाढिएर आफ्ना बुबाले बुंगमतिको खोइचामा एकान्त स्थानमा बसोबास शुरु गरेको उनले सुनाए। पुतुवार समुदायले पुर्खौंदेखि नै रातो मच्छिन्द्रनाथको रथ बनाउन आवश्यक काठ र बेतबाँध्ने काम गर्दै आएका छन्। 

भुकम्पले भत्काएका घर बनाउन ४ वर्षदेखि वडा कार्यलय र गुठी संस्थान भौंतारिँदै हिँडेका छन्, बुंगमतिकै अर्का पिडित दीपक महर्जन। त्यस क्षेत्रमा मात्रै ४० परीवार अहिलेसम्म टहरामै छन्। ललितपुर, काठमाडौ र भक्तपुरका बिभिन्न स्थानमा यसरी पुस्तौंदेखि गुठीको जग्गामा बस्दै आएका र अहिले घरबिहिन हुन पुग्नेको यकिन तथ्याकं छैन। तर अहिले उपत्यकामा पहिलो किस्ता लिएर पनि घर नबनाएका अधिकांश त्यसमा छन् भन्ने आंकलन गर्न सकिन्छ।  

गुठी संस्थान ऐन भन्छ स् खान्कीदारको मोही हक कायम हुदैन
गुठीका जग्गा ४ प्रकारका हुन्छन्। त्यसमध्येको गुठी तैनाथी जग्गामा कसैको हकभोग हुँदैन। सम्पूर्ण अधिकार गुठी संस्थान अन्र्तगत नै हुन्छ। गुठी अधिनस्थ जग्गामा किसानको पूर्ण अधिकार हुन्छ। गुठी रैतान नम्बरी जग्गामा चाहिँ मोहीले मूल्य तिरेर जग्गा धनी बनेका हुन्छन्। गुठी नम्बरी जग्गा भने,  रैकर जग्गा गुठी संस्थानले खरीद गरेमा, सरकारलाई मालपोत तिर्नुपर्ने हुन्छ।

गुठी तैनाथी जग्गामा कसैको हक अधिकार नहुने भएकाले घर बनाएर बस्न पनि पाइँदैन। गुठी अधिनस्थ जग्गामा मोहीले संस्थानको स्विकृत लिएर घर बनाउन पाइन्छ। गुठी रैतान नम्बरी जग्गामा रैतान सरह भएकाले खरीदबिक्री गर्न पाइन्छ। तर गुठी नम्बरी जग्गामा भने संस्थानले जुन प्रयोजनका लागि खरीद गरेको हो, त्यही मात्रै गर्नुपर्छ। यसमा अरुको अधिकार हुँदैन। 

खान्की जग्गा, गुठी तैनाथी अन्र्तगत हो। सम्पुर्ण अधिकार गुठी संस्थानको हुन्छ। यो तलबी जग्गा जस्तै हो। कसैले कुनै काम गरेबापत मासिक तलब नदिईकन तोकिएको काम गर्न दिने र त्यसबापत जग्गा कमाएर आएको आयस्था खान भनिएको हुन्छ। यस्तो खान्की जग्गा कमाउनेलाई खान्कीदार भनिन्छ। गुठी संस्थान ऐन २०३३ ले खान्कीदारको हकमा मोही हक कायम हुँदैन भनेको छ।

तोकिएको काम जबसम्म गर्छन्, त्यो समयसम्म खान्की जग्गा उपभोग गर्न पाउँछन्। जुन दिन तोकिएको काम छोडियो त्यो बेलादेखि, दिइएको जग्गा छोडेर जानुपर्छ। जग्गा कमाए पनि आफुले गर्न नभ्याएमा अरुलाई कमाउन दिन भने पाइने गुठी संस्थानका प्रबक्ता सरोज थपलियाले बताए।

निकास के त रु 
भुकम्पले क्षति पुगेका गुठी जग्गामा बनेका घर पुननिर्माणका लागि कुनै कागजपत्र नदिएपनि घर बनाउन पत्र बनाइदिने गरेको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले बताए। पछि कानुनले ठहरे बमोजिम हाललाई घर बनाउन दिने सहमति संस्थानले दिएको थपलियाले बताएपनि, पछि गुठीको तैनाथी जग्गा भएकाले फिर्ता लिने पनि अधिकार रहेकाले अधिकांशले घर बनाएका छैनन्।

हक स्थापित गर्न कुनै कागजपत्र दिन नसकिने भएपनि, उनीहरुलाई घर बनाउन र प्राधिकरणले दिएको सुबिधा प्राप्त गर्नका लागि संस्थानले गुठी जग्गामा घर पुनर्निमाण गर्नका लागि सहमति छ भनेर पत्र लेखेर दिने गरेको थपलियाले बताए। 

हक अधिकार नै स्थापित हुने गरी ,लालपुर्जा नै बनाउने गरी उनीहरुले सिफारीस माग राख्ने गरेको गुठी संस्थानले जनाएको छ, जुन कानुनका हिसाबले गलत भएको उनको तर्क छ। 

अबको निकासका लागि गुठी तैनाथी जग्गामा यदि २१ सालअघि बाबुबाजेको पालामा बनेका घर भुकप्पले भत्केका छन् भने ती घर बनाउन प्रक्रिया पुर्‍याएर संस्थानले सिफारीस गरेमा घर बनाउन सकिनेछ। यसका लागि गुठी संस्थानले सिफारिस गरेको पत्र वडा कार्यालयमा बुझाउने र लालपुर्जा, नक्शापास नभए पनि घर बनाउन दिने।

त्यस्ता जग्गामा बनेका घर कानुनी हिसाबले घर बनाउनेको नाममा कायम गर्न सकिँदैन तर निर्माण गर्न सिफारिस मात्र दिने भएकाले स्थानीय तहले जिम्मा लिनुपर्ने राष्टिय पुर्नर्निमाण प्राधिकरणका शहरी आवास तथा सम्पदा हेर्ने शाखाका डा। चन्द्र बहादुर श्रेष्ठले बताए। श्रेष्ठका अनुसार, नागरिकले लगाानी गरेको रकम आखिर सरकारको नै हो।

त्यसैले बनाइसकेको संरचनामा राज्यले छुट दिने भनेर पहिलो जनआन्दोलनपछि २०४६ मा बनिसेकेकोले, घरलाई राज्यले दिएको सुबिधाका रुपमा लिनुपर्ने श्रेष्ठको भनाइ छ।  गुठीको पनि सम्बोधन गर्ने र किसानको पनि हक हितमा हेर्ने भन्दै संबिधानको धारा २९० को उद्धेश्य अनुसार अहिले पनि यसबारे केही लचिलो बनाउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ। 

गुठी तैनाथी जग्गामा घर पुनर्निमाणमा समस्या भए 
गुठी तैनाथी जग्गामा बनेका घर ७२ सालको भुकम्पले क्षति पुरयाएको छ तर पुनर्निमाणमा गर्न नसकेको अबस्था हो भने, लाभग्राहीले प्राधिकरणमा निवेदन दिन सक्छन् वा टोल फ्री नम्बरमा समस्या टिपाउन सक्छन्। उनीहरुले, राष्ट्रिय पुनर्निमाण प्राधिकरणका शहरी आवास तथा सम्पदा हेर्ने शाखाका डा।चन्द्र बहादुर श्रेष्ठलाई ९८५१२२८९७२ मा सम्पर्क गर्न सक्छन्। उनले यस्ता समस्या आफै समाधान गर्ने प्रतिबद्धता समेत जनाएका छन्। 



शुक्रबार १३, असार २०७६ १२:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal