सुदूरपश्चिम प्रदेशमा खेल मैदान निर्माण हुँदै

निर्माण

Yugnepal     1173 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशमा खेल मैदान निर्माण हुँदै


सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान निर्माण तथा सुधार हुने भएको छ । सुदूरपश्चिम प्रदेशसभा निर्वाचनका ३२ स्थानमा खेल मैदान निर्माण एवम् सुधार कार्यक्रमअन्तर्गत खेल मैदान निर्माण हुने भएको हो । 

खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक मन्त्रालयले चालू आर्थिक वर्षमा रु छ करोड ४० लाख बजेट विनियोजन गरेको जनाएको छ । एक खेल मैदानका लागि रु २० लाखको दरले ३२ वटै प्रदेशसभा निर्वाचन क्षेत्रका खेलमैदान निर्माणका लागि सो बजेट बजेट विनियोजन गरेको हो । 

चालू आर्थिक वर्षको असार मसान्तसम्म खेल मैदान निर्माण कार्य सम्पन्न भइसक्ने प्रदेश सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकूद महाशाखा उपसचिव किसनराज चितुवालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक निर्वाचन क्षेत्रका निर्वाचित प्रदेश सांसदले सिफारिस गरेको स्थानमा खेल मैदान छनोट गरिएको हो । 

सुदूरपश्चिम प्रदेशका ३२ स्थानमध्ये कैलालीमा १० स्थानमा खेल मैदान निर्माण तथा स्तरोन्नति हुँदैछ । त्यस्तै कञ्चनपुरमा छ, अछाममा चार, बैतडीमा दुई, दार्चुलामा दुई, डडेल्धुरामा दुई, डोटीमा दुई, बझाङमा दुई र बाजुरामा दुई गरी ३२ खेलमैदान बन्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् भने ३२ प्रदेशसभा निर्वाचन क्षेत्र छन् । 
––– 



मङ्गलबार ०७, फागुन २०७५ ०५:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal