राष्ट्रिय समाचार समितिको ५८औँ वार्षिकोत्सव मनाइँदै

रासस

Yugnepal     802 पटक पढिएको    

राष्ट्रिय समाचार समितिको ५८औँ वार्षिकोत्सव मनाइँदै

राष्ट्रिय समाचार समितिको ५८औँ वार्षिकोत्सव मनाइँदै


काठमाडौँ, ७ फागुन  रासस मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति ९रासस० स्थापनाको ५८औँ वार्षिकोत्सव आज मनाइँदैछ । विसं २०१७ फागुन ७ गते ९१८ फेब्रुअरी १९६२० मा निजी क्षेत्रका दुई नेपाल संवाद समिति र सगरमाथा संवाद समिति गाभिएर सरकारी स्वामित्वमा राससको स्थापना भएको हो । राससका संस्थापक रामराज पौड्याल हुनुहुन्छ भने उहाँको अध्यक्षतामा गठन भएको समितिमा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा संवाद समितिका मणीन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य हुनुहुन्छ । 

स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्य, तथ्य समाचार सङ्कलन एवम् वितरणको काम गर्दै आएको राससले हाल मुलुकको सङ्घीय संरचनानुकूल सातै प्रदेशमा कार्यालय स्थापना गरेको छ । प्रदेश नं ३ र कर्णाली प्रदेशमा बाहेक सबै प्रदेशमा यसका आफ्नै कार्यालय तथा अन्य जिल्ला कार्यालय छन् । 

फ्रान्सका अनुवादक तथा विज्ञापन व्यवसायी चाल्र्स लुइस हवासले पेरिसमा सन् १८३५ मा एजेन्सी फ्रान्स प्रेसको स्थापना गरी समाचार समिति पत्रकारिताको जग बसालेका थिए । राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइनजस्ता आमसञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म न्यूजलाइनमार्फत निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ । राससले नेपाली, अङ्ग्रेजी, अन्तर्राष्ट्रिय समाचार, आलेख, अडियो, तस्वीरलगायत सेवा प्रदान गर्दै आएको छ । हाल राससमा १६१ स्थायी दरबन्दी र १५२ स्थानीय समाचारदाता कार्यरत छन् । 

केन्द्रीय कार्यालय, भद्रकालीमा आज हुने समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाबाट कर्मचारी एवं पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरिनेछ । समारोहमा राससबाट गत वर्षका उत्कृष्ट छनोट भएका समाचारदाता, आलेख, श्रव्य र तस्वीर विधामा पुरस्कार प्रदान गरिनेछ । समारोहमा राससका समाचारदाता प्रकाश सिलवालद्वारा लिखित ‘नेपाली सङ्घीयतामा समाचार समिति¬’ नामक अनुसन्धानमा आधारित पुस्तक सार्वजनिक गरिनेछ । प्रदेशगतरूपमा छानिएका समाचारदातालाई रासस प्रदेश कार्यालयले आयोजना गर्ने कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ । यस वर्षदेखि राससले प्रदेशगतरूपमा पुरस्कार वितरण थालेको हो । 



मङ्गलबार ०७, फागुन २०७५ १०:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.