केरा खानुस् फाइदै फाइदा छ

Yugnepal     955 पटक पढिएको    

केरा खानुस् फाइदै फाइदा छ


– म्याग्दीको बेनी नगरपालिका–८ क्याम्पसचोकस्थित मनवीर किसानले लगाएको केरा खेती, एउटै घारीमा फलेको चार सय ८२ वटा कोसा, 
काठमाडौं । केरा कसलाई मन पर्दैन होला र रु चिसो लाग्नेले केरा नरुचाउन सक्छन् । तर केरा बालबालिकादेखि वृद्धवृद्धा सबैलाई मन पर्ने फलमा पर्छ । 

यसका फाइदा पनि उत्तिकै छन् । के छन् त यसका फाइदा रु 
–नियमित एक कोसा केरा खाने गर्नाले शरीर स्वस्थ रहनुका साथै शरीरमा ऊर्जा बढ्छ।
–केरामा प्रशस्त मात्रामा सुगर र फाइबर, थाइमिन, नियासिन र फोलिक एसिड, भिटामिन ‘ए’ र ‘बी’ पाइन्छ। 
–केरामा पानीको मात्रा ६४।३ प्रतिशत, प्रोटिन १।३ प्रतिशत, कार्बोहाइड्रेट २४।७ प्रतिशत तथा चिल्लो पदार्थ १।७ प्रतिशत हुन्छ।
–केरामा ‘ट्राइप्टोफान’ नामक ‘एमिनो एसिड’ हुन्छ। यसले मस्तिष्कको स्फूर्ति बढाउँछ। मस्तिष्कसम्बन्धी रोग लाग्न दिँदैन।
–केरामा प्रशस्त मात्रामा पोटासियम पाइने हुनाले उच्च रक्तचापका बिरामीलाई फाइदा गर्छ।
–नियमित केरा सेवनले पेटलाई शीतलता प्रदान गर्छ। 
–पाचन प्रक्रियालाई नियमित गराउन सहयोग गर्छ।
–नियमित केरा सेवनले मधुमेहसमेत नियन्त्रण गर्छ।
–केरामा अत्यधिक फाइवर पाइन्छ, जसले शरीरमा मोटोपन हुन दिँदैन।
–केरामा आइरन भरपूर मात्रामा हुने हुँदा रगतमा हेमोग्लोबिनको मात्रा कम हुन दिँदैन।
–नियमित केरा खानाले तनाव कम गराउन सहयोग गर्छ।
 



बुधबार ०४, असार २०७६ १२:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal