डेङ्गुको प्रकोप यो मौसममा तिब्र देखिए पनि नियन्त्रण भने न्यून

Yugnepal     738 पटक पढिएको    

डेङ्गुको प्रकोप यो मौसममा तिब्र देखिए पनि नियन्त्रण भने न्यून

 

डेंगु रोगले पूर्वी क्षेत्रमा उग्ररूप लिए पनि नियन्त्रण र अनुसन्धान सुस्त छ । सुनसरीको धरानबाट एक महिनाअघि सुरु भएको डेंगुबाट ५ सय ७६ जना बिरामी भइसकेका छन् ।

डेंगु प्रकोप नियन्त्रण तथा व्यवस्थापन र थप अनसन्धानका लागि विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०को टिम प्रभावित स्थलमा गएको छ । हरेक वर्ष फरक–फरक जिल्लामा डेंगुले प्रकोपको रूप लिने गरेको छ । स्वास्थ्यसम्बन्धी धेरै जिम्मेवारी प्रदेश र स्थानीय तहलाई सुम्पिएको छ । विशेषज्ञ तथा दक्ष जनशक्ति केन्द्रमा छ । न समन्वय छ न त रोगबारे अनुसन्धान भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा। अञ्जनीकुमार झाले प्रदेशमा अनुसन्धान गर्ने दक्ष जनशक्ति नभएको बताए । ‘डेंगुले खैलाबैला मच्चाएको छ । अनुसन्धान गर्न स्थानीय तहमा जनशक्ति छैन’, उनले भने, ‘काठमाडौंबाट अनुसन्धान गर्न पठाउनु भनेको पुरानै सोच भइहाल्यो ।’ अनुसन्धान लामो समय लाग्ने भएकाले प्रदेशबाटै यो कार्य गरिनुपर्ने उनको सुझाव छ ।

स्वास्थ्य अनुसन्धान परिषदका पूर्व सदस्यसचिव एवं जनस्वास्थ्य विज्ञ डा। खेम कार्कीले अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा योजना कार्यान्वयन गर्ने विषय सरकारको प्राथमिकतामा नपरेको बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतम, रत्नप्रसाद आचार्य र राधा खनालले लेखेका छन् ।



मङ्गलबार ०३, असार २०७६ ०३:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.