आज बुधबार, बुधबारको दिनमा श्रीकेदारनाथ मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ जेष्ठ २२ गते बुधबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।। जय रीकेदारनाथ।।

Yugnepal     721 पटक पढिएको    

आज बुधबार, बुधबारको दिनमा श्रीकेदारनाथ मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ जेष्ठ २२ गते बुधबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।। जय रीकेदारनाथ।।

आज बुधबार, बुधबारको दिनमा श्रीकेदारनाथ मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ जेष्ठ २२ गते बुधबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।। जय रीकेदारनाथ।।


वि।सं।२०७६ साल ज्येष्ठ २२ गते । बुधबार । ईश्वी सन् २०१९ जुन ०५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्लपक्ष । तिथि द्वितीया,२० घडी ४२ पला,दिउसो ०१ बजेर २६ मिनेट उप्रान्त तृतीया । नक्षत्र आद्रा,४६ घडी ३२ पला,बेलुकी ११ बजेर ४७ मिनेट उप्रान्त पुनर्वशु । योग शूल,०४ घडी १२ पला,बिहान ०६ बजेर ५१ मिनेट उप्रान्त गंड । करण कौलव,दिउसो ०१ बजेर ३६ मिनेट तैतिल,रातको १२ बजेर ३५ मिनेट उप्रान्त गर । आनन्दादिमा मुसल योग । चन्द्रराशि मिथुन ।  काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५५ मिनेट । दिनमान ३४ घडी २४ पला ।
मेष९चू,चे,चो,ला,लि,लू,ले,लो,अ  न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने तथा बिवादित बिषयहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । पराक्रम बढेर जानेहुँनाले शाहशिलो काम गर्ने जोस आउँनेछ । दाजुभाई तथा छिमेकिबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुँनाले व्यावसायमा लगानि गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ ।बृष९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । आर्थिक रुपमा सम्पन्न हुँन चालिएका कदमहरु बिफल हुने हुदा दैनिकी प्रभावित हुनेछ । बोल्दा वा कुनैपनि निर्णय गर्दा ख्याल गर्नुहोला गलत अर्थ लगाएर फसाउनेहरु हावि हुनेछन् । व्यापार व्यावसायमा लगानि गरेपनि आम्दानि कम हुनेछ भने कुटुम्बसँग मनमुटाब बढ्नेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ ।

मिथुन ९का,की,कू,घ,ङ,छ,के,को,हा   समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुँने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो नतिजा हात लाग्ने हुँनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुँने हुँनाले काम गर्न आट आउँनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न सकिनेछ ।

कर्कट  - ही,हू,हे,हो,डा,डी,डु,डे,डो  न्यून पारिश्रमिकमा दिनभर काममा व्यास्त हुँनुपर्दा मन खिन्न हुँनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति हुँनेछन् । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्यकाममा सहभागि हुँदा पढाई लेखाई भने थाति रहनेछ ।

सिहं  - मा,मी,मू ,मे,मो,टा,टी,टू,टे  आर्थिक रुपमा सवल हुँनका लागि थालिएका कामहरुबाट मनग्गे लाभ हुँनेछ । पैत्रिक तथा सरकारि धन सम्पति लाभ हुँने योग रहेकोछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्तहरु सँगको सम्बन्धमा प्रगाडता थपिनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् ।

कन्या  - टो,पा,पी,पू,ष,ण,ठ,पे,पो० नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुँने योग रहेकोछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुँनेछ । बिद्यार्थि वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । गित संगित तथा मोडलिङ क्षेत्रमा ध्यान जानेछ । जस्तोसुकै व्यापार व्यावसायमा लगानि गर्दापनि भनेजस्तो आम्दानि हुँने हुँनाले थप लगानि गर्न आट आउँनेछ ।

तुला  - रा,री,रु,रे,रो,ता,ती,तू,ते० शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना भएपनि गन्तब्यमा पुग्नु अगाबै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोछ भने समयले साभ नदिदा कामहरु समाउँन मुस्किल पर्नेछ । पढाई लेखाईमा समय दिए पनि अरुनै कामको प्रेसरलो प्रगति गर्न सकिने छैन । प्रणय सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने परिवारमा आफन्तबिच राय बाजिनेछ ।

बृश्चिक  -तो,ना,नी,नू,ने,नो,या,यी,यू० रुपैया पैसा तथा धन सम्पतिको राम्रो सँग व्याबस्थापन गर्नुहोला हराउँने तथा चोरिने अधिक सम्भावना रहेकोछ । व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँदा समस्याहरु टार्न अलि गाह्रो भएको महशुष हुँनेछ । जीवनसाथिसँय असमज्दारि बढ्ने तथा बिश्वास गरेकाहरुबाटनै धोका हुँनेछ । पढाई लेखाईमा राम्रो नतिजा ल्याउँन बढिनै मेहनेतको खाचो रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

धनु  -ये,यो,भा,भी,भू,ध,फा,ढा,भे० माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुँनेछ । पारिवारिक यात्रा हुँने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिनेछ । एकल तथा साझेदारि व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

मकर - भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी० नोकरि तथा राजनितिमा गरिने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउँन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ भने थाति रहेका कामहरुलाई गति दिन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरु एक अर्कालाई बिश्वास गरि अगाडि बढ्न सक्नेछन् ।

कुम्भ - गू,गे,गो,सा,सी,सू,से,सो,दा० नयाँ व्यावसाय थालन नगर्नुनै राम्रो रहेकोछ भने पुराना व्यावसायलाई निरन्तरता दिन सकिनेछ । माया प्रेममा आजको दिन नभेट्दा नै राम्रो हुँनेछ  किनकि भेटमा एक अर्कालाई शंकाको दृष्लिे हेर्दा थप समस्या उत्पन्न हुँने योग रहेकोछ । पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला बिरामि हुँने योग रहेकोछ ।

मीन - दी, दु,थ,झ,ञ,दे,दो,चा,ची० घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला बिचौलियाहरुले फसाउँन सक्छन् । कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । सामाजिक काममा समय खर्चिय पनि जनताबाट भनेजस्तो समर्थन पाउँन मुस्किल रहेकोछ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

 



बुधबार २२, जेठ २०७६ १२:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.