प्रदेश सरकारले सहयोग गर्छ  ः मुख्यमन्त्री शाह

युग संवाददाता     47 पटक पढिएको    

प्रदेश सरकारले सहयोग गर्छ  ः मुख्यमन्त्री शाह

 

धनगढी । मानवसेवा आश्रम धनगढी शाखाको भवन निर्माणार्थ धनगढीमा आजदेखि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उदघाटन गरे ।

त्यसक्रममा उनले सत्कर्ममा लागेका व्यक्ति, संस्थालाई प्रदेश सरकारले सहयोग गर्ने बताए । वृद्धवृद्धा र सहाराविहीनलाई सहारा दिनका लागि भवन निर्माणार्थ आयोजित महायज्ञको पूर्ण सफलताको कामना गर्दै उनले भने, “सबै काम सरकारले नगर्न सक्छ । गर्न नसकिएको काममा सत्कर्ममा लागेका तपाईंहरूजस्ता निःस्वार्थ भावना भएका सङ्घ संस्थाहरू जोडिनु पर्दछ भन्ने प्रदेश सरकारको मान्यता छ ।”

उनले मानवसेवा आश्रमले नेपालमा पूर्वदेखि पश्चिमसम्म असहाय र वृद्धवृृद्धालाई गरिरहेको निःस्वार्थ सहयोग सराहनीय रहेको बताए । हप्ता दिनसम्म आयोजना हुने श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा भाष्कर कमलनयन गौतमले सङ्गीतमय श्रीमद् भागवत कथा वाचन गर्ने जनाइएको छ ।

मानवसेवा आश्रम धनगढी शाखा २०७५ मङ्सिर १ बाट सञ्चालनमा छ । आश्रमले हालसम्म ३८८ जना सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरेर सहारा दिएको छ ।



बुधबार २३, माघ २०८१ ०१:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal