धनगढी । आगलागि नियन्त्रण गर्न धनगढी उपमहानगरपालिकाले १४ स्थानमा फायर हार्डड्रेन्ट जडान गर्ने कार्य सम्पन्न गरेको छ। धनगढीका विभिन्न स्थान मा गत वर्ष ८ र चालु आर्थिक वर्षमा ६ फायर हार्डड्रेन्ट जडान गरिएको हो । आगलागि नियन्त्रण गर्ने क्रममा दमकलमा भएको पानी सकिएको खण्डमा पुन पानी भर्नुपर्ने अवस्था आएमा यो क्षेत्रबाट सजिलै पानी भरेर लिन सकिने धनगढी उपमहानगरपालिकाले जनाएको छ। धनगढी क्षेत्रभित्र आगलागी भएको समयमा नजिकको स्थानबाट नै दमकलमा पानी भर्न सहज हुने बताइएको छ । फायर हार्डड्रेन्ट आपत्कालीन समयमा प्रयोग गरिने भएकाले त्यसको संरक्षण हामी सबैको दायित्व हो । त्यसको रेखदेख गरी सार्वजनिक सम्पत्ति संरक्षण गर्न उपमहानगरपालिकाले अनुरोध गरेको छ।
प्रतिकृया दिनुहोस