धनगढी उपमहानगरपालिकाले तयारी गर्दै सीप तथा रोजगार मेला

युग संवाददाता     33 पटक पढिएको    

धनगढी उपमहानगरपालिकाले   तयारी गर्दै सीप तथा रोजगार मेला

 

धनगढी । धनगढी उपमहानगरपालिकाले यो बर्ष सीप तथा रोजगार मेला २०८२ संचालनमा ल्याउने भएको छ । उपमहानगरपालिकाले सो मेला संचालनका लागी व्यापक तयारि गर्न थालेको हो । यही माघ ५ गते देखि फागुन १२ गते सम्म उपमहानगरपालिकाले सो मेला संचालनमा ल्याउन लागेको उपमहानगरले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश क्षेत्र समेटिने गरी युवा जनशक्ति लाई आन्तरिक श्रम बजारमा ल्याउने उदेश्यले मेला संचालनमा ल्याउन लागीएको सीप तथा रोजगार मेला सचिवालय प्रतिनिधि महेश मल्लले निशाना न्युजलाई जानकारी दिए ।

सीप तथा रोजगार दिगो विकासको आधार भन्ने मुल नारा सहित सो मेला धुमधामका साथ संचालन गर्ने तयारीका साथ उपमहानगरपालिका लागी रहेको उनले बताए ।

यो पटक मेलामा ७ बिधा क्षेत्रमा २२ वटा तालिम दिलाइने उनले बताए । सुदुरपश्चिम भरीबाट ६०० जनालाई तालिम दिलाइने उनले बताए ।
अटोमोवाईल क्षेत्र तिर ईलेक्ट्कि कार ९भ्ख्०मा २५,मोटरसाईकरस्कुटर मर्मतमा २५, निर्माण क्षेत्र तिरमा फर्निचर २५,प्लम्बिङ २५, विल्डिङ इलेक्ट्किल वाइरिङमा २५ जनाले तालिम लिने उनले बताए ।
आतिथ्य तथा सत्कार क्षेत्रमा कफि वारिस्ता २५,फास्टफुडरकुक २५,वेटररवेट्स २५, वेकरी तालिममा २५ जनालाई सहभागी गराईने उनले बताए ।
इलेक्ट्किल तथा मेकानिकल क्षेत्र तिरको वेल्डीङ्ग २५,रेफ्रिजेरेटर ९ब्ऋ० प्रवाविधिकमा २५ डिजिटल मार्केटिङ मा २५ जना,सुचना प्रविधि क्षेत्रतिर इलेक्ट्रोनिक्स मोबाईलरऋऋत्ख्०२५,फोटोग्राफी तथा ड्रोन अपरेशनमा २५ , शैक्षिक तथा सेवा क्षेत्र तिर ई।सी।डी। शिक्षक २५ पुरोहित२५,लेखा व्यबस्थापन २५ एडभान्स ब्युटिसियन २५,हेयर कटिङमा २५ जनाले तालिम लिने उनले बताए ।

त्यस्तैगरी आर्ट,क्राफ्ट एण्ड डिजाइनिङ क्षेत्र तिरमा बुटिक तथा कडाईमा २५ संस्कृतिक पोसाक निर्माण ७५ र वेतबाँस क्राफ्ट÷हस्तकला सामग्रीमा २५ जनाले तालिम लिन सक्ने व्यवस्था मिलाइएको उनको भनाई छ ।

सीप तथा रोजगार मेला एक बिशेष अवसर हो,जहाँ विभिन्न शैक्षिक,पेशागत,व्यवसायिक सीपमुलक तालिम संचालन रोजगार तथा उद्यम व्यवसाय समबन्धी अवसरहरु समेटिएको उनको भनाई छ ।

सुदुरपश्चिम प्रदेशका ८८ वटै पालिकाहरुबाट स्थानीय सीप तथा उत्पादनको प्रवद्र्धनका लागि मेला स्थलमा स्टल व्यवस्थापन समेत गरिने उनले बताए । गत बर्ष ८ वटा बिधाको क्षेत्रमा २९ वटा तालिम संचालन गरिएको मल्लले निशाना न्युजलाई जानकारी दिए ।



शुक्रबार २७, मङि्सर २०८२ ०६:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal