डडेल्धुरा बाट काठमाडौं जादै गरेको बस दुर्घटना

युग संवाददाता     29 पटक पढिएको    

डडेल्धुरा बाट काठमाडौं जादै गरेको बस दुर्घटना

 


दाङ । दाङमा भएको बस दुर्घटनामा परेर घाइते भएका सबै २२ जना यात्रु प्राथमिक उपचारपछि डिस्चार्ज भएका छन । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक रोषणराज पाण्डेका अनुसार बिहान करिब ३ बजे भएको बस दुर्घटनमा २२ जना घाइते भएका थिए । घाइते सबैको लमही अस्पतालमा प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ ।

डडेल्धुराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान करिब ३ बजे अचानक ड्राईभर साइडको भाग भाँचिएर पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बस चालक डडेल्धुरा अम्मरगढी–७ का ३६ वर्षीय राजेन्द्र कैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


दुर्घटनाको खबर पाएपछि लमहीस्थित प्रहरी कार्यालय र नर्ति प्रहरी चौकीबाट टोली खटिएको थियो ।

घाइतेहरूमा डडेल्धुरा, कैलाली, बैतडी, प्युठानलगायत विभिन्न स्थानका रहेका थिए ।
प्रहरीले दुर्घटनाको कारण प्राविधिक समस्या हुन सक्ने अनुमान गरेको छ । बसको पट्टा भाँचिएको बस चालकले प्रहरी समक्ष बयान दिएका छन । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।



बिहिबार २६, मङि्सर २०८२ ०५:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal