बसन्ताका किसानहरु आकाशमा कालो बादल लाग्दा चिन्तीत

युग संवाददाता     198 पटक पढिएको    

बसन्ताका किसानहरु आकाशमा कालो बादल लाग्दा चिन्तीत


धनगढी साउन १९  कैलारी गाउँपालिका–७ छटकपुर,भुँइयाफाँटा,वडुका,बसन्ताका किसानहरु आकाशमा कालो बादल देख्दा  चिन्तीत हुने गरेका छन् ।

त्यो  क्षेत्रमा प्रत्येक वर्ष कटैनी नदीमा आउने बाढिले लगाएको अन्नबाली सखाप गर्नुका साथै सयौँ घर डुबानमा पर्दै आएका छन् । ‘आकाशमा जब बादल मडारिँन सुरु हुन्छ तब रातभर जाग्राम बस्नु पर्ने हुन्छ’ कैलारी गाउँपालिका ७ का महावीर चौधरीले दुःखेसो पोख्दै भने ‘गत वर्ष २ बिगाहमा लगाएको धानबाली बाढीले बगाएर लग्यो । बाढीका कारण अर्र्को बर्ष पुग्ने गरी खाद्य सामाग्री जोह गर्नुपर्ने गरेको उनले बताए ।

प्रत्येक बर्ष बाढीका कारण खेतबारीमा लगाएको धानबाली बगरमा परिणत हुने गरेको उनले बताए । छटकपुर क्षेत्रमा १९५ घर धुरी रहेको र १३५ जना कृषि पेसा गर्दै आएका छन् । उनले भने ‘६० जना अन्य काम गर्दै आएका छन् । खेतबारी छैन खानेकुराको जोह गर्न काम त गर्र्नु नै पर्छ । यहाँ पुलपुलेसा,सडक बिग्रिदा हामीले काम गर्नुपर्छ उनीहरु सहभागी हुदैनन् सो बाफत ५ देखि १० हजार समुहमा जम्मा गर्ने गर्छन् ।’
उनले भने ‘बाढी आउने डरले यो बर्ष पूर्वतयारी गरिसकेका छौँ । खाद्यसामाग्री घरको माथिल्लो तला राख्ने काम भएको छ ।’

बाढीको पूर्वतयारीका लागि साइरन,माईकको व्यवस्था समेत गरेको उनले बताए । हरेक बर्ष बाढीमा साईरन बज्ने गरेको बताउँदै उनले १२ बजे पनि साइरन बजाउने र माईकबाट सुरक्षित स्थानमा बस्न आग्रह गर्ने गरिएको बताए ।

छटकपुर बिपद व्यवस्थापन समिति निर्माण पनि गरेको उनले बताए । उनले भने ‘म आफै अध्यक्ष हुँ। ६ जनाको टोली छ,उनीहरुले बाढीमा फसेकाको उद्धार र कस्को घरमा पानि पसेको छ पत्ता लगाउने काम गर्छन् ।’ बाढीका कारण सबैभन्दा त्रसित छटकपुरबासी हुने गरेको उनले बताए । ‘हाम्रो सबै जमिन कटैनी नदी पारी रहेको छ । गत बर्ष लगाएको काठको पुल पुरै नदीले बगाउँदा साह्रै दुख पाइृएको छ’ उनले भने ।
‘सो पुल निर्माण गर्दा करोडौँ लाग्ने गर्दछ’ उनले भने ‘राज्यको यस क्षेत्रमा चासो रहेको छैन ।

हामीले काठको पुलबाट डल्लव लिएर खेतबारी जोत्न जानु पर्छ यसपाली पनि काठको पुल जसोतसो गरी पुल निर्माण गरेका छौँ ।’ राहत कसैबाट नपाइएको उनले बताए । ‘हामीलाई दुःख कष्ट धेरै छ । पानी पर्दा निद्रा लाग्दैन के गरौँ कसो गरौँ हुन्छ’, उनले दुःखेसो पोख्दै भने ‘यसपाली पानी त परेको छैन तर पनि चिन्ता लागिरहन्छ ।

त्यस्तै वडा नं। ५ बस्ने लालवीर चौधरीको चिन्ता पनि उस्तै छ । उनले भने ‘हाम्रो वडामा २ सय जना जति बस्छन् । बर्षातको समय पानी पर्दा पुरै घर डुबानमा पर्ने गर्छन् ।’ खेतबारीमा लगाएको धानबाली सबै सखाप हुने गरेको उनले बताए । यस क्षेत्रको बाढी व्यवस्थापनका लागि कसैको चिन्ता नहुने गरेको उनी दुःखेसो पोख्छन् ।



सोमबार २०, साउन २०८२ ०२:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal