धनगढीका सामुदायिक विद्यालयलाई सम्मान

धनगढी उपमहानगरपालिकाले एसईईको नतिजामा सुधार

युग संवाददाता     323 पटक पढिएको    

धनगढीका सामुदायिक विद्यालयलाई सम्मान

 


धनगढी धनगढी उपमहानगरपालिकाले एसईईको नतिजामा सुधार गरेको भन्दै सामुदायिक विद्यालयहरूलाई सम्मान गरेको छ। बुधवार औपचारिक कार्यक्रम आयोजना गरी परीक्षामा सहभागी भएका २६ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई सम्मान गरिएको हो। सम्मान कार्यक्रममा सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने त्रिभुवन माध्यमिक विद्यालयका छात्र अशोक अवस्थीलाई समेत सम्मान गरिएको छ। उप(प्रमुख कन्दकला कुमारी रानाले प्रधानाध्यापक र छात्र अवस्थीलाई माला लगाएर सम्मान गरेकी हुन्।


धनगढीका सामुदायिक विद्यालयको २०८० को एसईईमा २६ दशमलव ९७ प्रतिशत उत्तीर्ण भएका थिए भने २०८१ को नतिजा सुधार गर्दै ५४ दशमलव ७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उपमहानगरपालिकाले जनाएको छ। सम्मान कार्यक्रममा सत प्रतिशत नतिजा हासिल गर्न सफल धनगढी(१४ को सर्वोदय माध्यमिक विद्यालय, ९३ दशमलव ५ प्रतिशत नतिजा ल्याउने धनगढी(५ हसनपुरको पञ्चोदय माध्यमिक विद्यालय र ७८ दशमलव ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको धनगढी(३ को त्रिभुवन माध्यमिक विद्यालयलाई सम्मान गरिएको हो।

धनगढीका २६ सामुदायिक विद्यालय मध्ये २३ विद्यालयले गत वर्षको तुलनामा नतिजामा व्यापक सुधार गरेको उपमहानगरपालिकाले जनाएको छ।



बिहिबार २६, असार २०८२ ०२:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal