धनगढी असार १६। हिजो रातिदेखी परेको अविरल वर्षाका कारणले कैलाली र कञ्चनपुरका धैरे ठाउँहरुमा जलमग्न भएका छन् । भने सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ ।
बिहानदेखि भइरहेको वर्षाले तराईका जिल्लामा डुबान र पहाडमा पहिरोको जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले कैलालीको धनगढी र गोदावरी क्षेत्रमा भारी वर्षा भइरहेको बताए । उनका अनुसार मोहना नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ ।
निरन्तरको वर्षासँगै सुदूरपश्चिमको राजधानी धनगढी जलमग्न भएको छ । धनगढीको मुख्य सडक लगायतको क्षेत्र जलमग्न भएको हो ।मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र आज पनि सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै तथा बाँकी भू(भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशको पहाडी भू भागका एकरदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।
प्रतिकृया दिनुहोस