मौवामा विद्युत महसुल काउण्टर स्थापना

युग संवाददाता     170 पटक पढिएको    

मौवामा विद्युत महसुल काउण्टर स्थापना

 

डोटी– विधुतको न्यूनतम महसुल बुझाउन दिपायल जानुपर्ने बाध्यतावाट आदर्श गाउँपालिकाका जनता अव भने मुक्त भएका छन ।

शुक्रबार नेपाल विद्युत प्राधिकरण डोटी वितरण केन्द्रले महसुल बुझाउने घुम्ती काउण्टर वडा नं २ को वडा कार्यालय मौवामा स्थापना गरेको छ ।

एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्युत प्राधिकरण सूदूरपश्चिमका निर्देशक जंग बहादुर चन्दले रिबन काटेर घुम्ती काउण्टरको उद्घाटन गरेका छन ।

उद्घाटनका क्रममा गाउँपालिका अध्यक्ष गणेश बहादुर खड्का, नेपाली कांग्रेसका सभापति नरेन्द्र बहादुर सिंह लगायतको पहलबाट काउण्टरको स्थापना गर्न सफल भएको निर्देशक चन्दले बताए ।

निर्देशक चन्दले आदर्श र सायलका उपभोक्ताहरुलाई मध्यनजर गरेर जमिन उपलब्ध गराएमा स्थाइ काउण्टर स्थापनाका लागि समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति नरेन्द्र बहादुर सिंहले निर्देशक चन्द सामु आदर्श गाउँपालिकाको वडा नं। ६ लगायत डोटीका अन्य क्षेत्रमा पनि विद्युतवाट बञ्चीत भएका जनताहरुलाई सेवा विस्तारको माग राखे ।

काउण्टर स्थापना भएपछि आदर्श र सायलका जनताहरुलाइ राहत पुगेकोमा गाउँपालिका अध्यक्ष गणेश बहादुर खडका, उपाध्यक्ष लक्ष्मीधामी रोकाया, वडा नं। ५ कावडाध्यक्ष उत्तम सिंह लगायतले खुसी व्यक्त गरे ।

लामो संघर्षपछि पार्टी सभापति तथा तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिंङ्गको सहयोगमा विद्युत महसुल काउन्टर स्थापना गरिएको अध्यक्ष खड्काले बताए ।

आदर्श गाउँपालिकामा अव महिनाको दुइपटक ५–७ र १७–१८ गते महसुल बुझाउन सकिने नेपाल विद्युत प्राधिकरण डोटी वितरण केन्द्र प्रमुख शिवशंकर सोनीले जानकारी दिए । उनले आदर्श र सायलमा चार हजार छ सय ५१ ग्राहक रहेको र उनीहरुवाट मासिक ४ लाख राजश्व संकलन हुने अनुमान गरे ।



शनिबार ०७, असार २०८२ ०६:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal