नेविसंघद्वारा घोषणापत्र सार्वजनिक

युग संवाददाता     363 पटक पढिएको    

नेविसंघद्वारा घोषणापत्र सार्वजनिक

 


धनगढी  । कैलाली बहुमुखी क्याम्पसमा आगामी चैत २७ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि नेपाल विद्यार्थी संघले घोषणापत्र सार्वजनिक गरेको छ । संघले  आज धनगढीमा पत्रकार सम्मेलन गर्दै १८ बुँदे घोषणपत्र सार्वजनिक गरेका हो ।

नेपाल विद्यार्थी संघका तर्फबाट कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सन्तोष पन्त रहेका छन् । उनले नेपाल विद्यार्थी संघलाई नै मतदान किन भन्दै अध्यक्ष पदका उम्मेदवार पन्तले घोषणा पत्र बाचन गरेका थिए । सार्वजनिक गरिएको घोषणापत्रमा स्ववियु छात्रवृति कोष स्थापना गरी छात्रवृति प्रदान गरिने, स्मार्ट केएमसीको अवधारणा अघि बढाउने, विद्यार्थी सेवा केन्द्र स्थापना गरिने उल्लेख छ । कला, खेल, साहित्य र विचारको उत्सव आयोजना गरिने, जब प्लेस्मेन्ट सेलको स्थापना, उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत र स्टडी पार्कको निर्माणका लागि पहल गरिने पन्तले बताए ।

केएमसी डिवेट फोरमको स्थापनादेखि विभिन्न खेलकुदका लागि छुट्टा छुट्टैै खेलमैदान निर्माण तथा स्तरोन्नति गर्न पहल गर्ने, क्याम्पसलाई शान्ति क्षेत्र कायम गर्न सिसिटीभी क्यामेरा जडानलगायत बाउण्ड्रीदेखि नो हर्न र स्पीड लिमिट एरिया बनाउन पहल गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । क्याम्पसमा भएका विभिन्न सभाहललाई व्यवस्थित गर्न साउण्ड प्रुफ र प्रविधि मैत्री पहल गर्ने आधुनिक र व्यवस्थित क्यान्टिनको स्थापना गर्ने र क्याम्पसमा तातो, चिसो शुद्ध पिउने पानीको व्यवस्थाका लागि पहल गर्ने घोषणापत्रमा रहेको छ । विद्यार्थीको सीपको विकास,साँस्कृतिक पोषाक, शिक्षासंगै संस्कारी अभियान निरन्तरतासंगै संकायगत योजनाहरु समेत घोषणापत्रमा उल्लेख छ । आजै स्वतन्त्रबाट उम्मेदवार दिएका तेजजंग मल्लले नविसंघका उम्मेदवार पन्तलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।



आइतबार २३, चैत २०८१ ०९:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal