धनगढी उपमहानगरपालिका र भारतीय राजदुतावास बीच सम्झौता

युग संवाददाता     358 पटक पढिएको    

धनगढी उपमहानगरपालिका र भारतीय राजदुतावास बीच सम्झौता

 


धनगढी । धनगढीको एक विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि भारतीय राजदुतावासले आर्थिक सहयोग गर्ने भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ सिद्धार्थनगरमा रहेको सिद्धनाथ माध्यमिक विद्यालयको पूर्वाधार निर्माणका लागि मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय राजदुतावास र धनगढी उपमहानगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

भारत सरकारको सहयोगमा सञ्चालन हुने उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना कार्यक्रम अन्तर्गत भारतीय राजदुतावासबाट रु।५ करोड २७ लाख ३३ हजार ६३१ को लागतमा सो विद्यालयमा पूर्वाधार निर्माण गरिने धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

पूर्वाधार निर्माण लागतको ९० प्रतिशत भारतीय राजदुतावास र १० प्रतिशत उपमहानगरपालिकाको रहनेछ ।



मङ्गलबार १८, चैत २०८१ ०१:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal