पत्रकार जिउँदै जलाइएपछि धनगढीमा पनि बिरोध प्रदर्शन

युग संवाददाता     89 पटक पढिएको    

पत्रकार जिउँदै जलाइएपछि धनगढीमा पनि बिरोध प्रदर्शन


धनगढी एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकलाई राजावादी आन्दोलनकारीहरुले जिउँदै जलाएपछि त्यसको बिरोधमा देशभरीका पत्रकार उत्रिएका छन् । पत्रकार जलाउनुका साथै बिभिन्न मिडिया हाउसमा समेत आक्रमण भएपछि त्यसका बिरुद्ध पत्रकारहरु बिरोधमा उत्रिएका हुन् ।

सोही घटनाका कारणम नेपाल पत्रकार महासङ्घको स्थापना दिवस विरोधमा परिणत भएको हो । नेपाल पत्रकार महासङ्घले शनिवार ७० औँ स्थापना दिवस मनाउने कार्यक्रम रहेको थियो । तर, शुक्रवार काठमाडौँको तीनकुनेमा राजावादीहरूको प्रदर्शनमा पत्रकार सुरेश रजकको मृत्यु भएपछि विरोध थालिएको हो । पत्रकार महासघंको केन्द्रिय कार्यतालिका अनुसार धनगढीमापनि बिरोध कार्यक्रम गरिएको छ । धनगढी चौराहा देखी बसपार्क हुँदै फेरी चौराहा सम्म बिरोध र्याली निकालिएको थियो । नेपाल पत्रकार महासघं कैलालीको आयोजनामा बिरोध र्याली सहित बिरोधसभा आयोजना गरिएको हो ।


कार्यक्रमलाई नेपाल पत्रकार महासघं सुदुरपश्चिमका अध्यक्ष भरत शाह, पुर्व केन्द्रिय सदस्य मिन बम, पुर्व कैलाली जिल्ला अध्यक्ष दीर्घ उपाध्याय, इन्सेक सुदुरपश्चिम संयोजक खडक जोशी, प्रेस युनियन सुदुरपश्चिमका अध्यक्ष मनमोहन स्वाँर, फोनिज सुदुरपश्चिम अध्यक्ष उन्नती चौधरी, प्रेस चौतारी कैलाली अध्यक्ष जनक बिष्ट, प्रेस युनियन कैलाली उपाध्यक्ष सुनिल आउजी, प्रेस सेन्टर कैलाली सचिव राम दहित, समाजवादी प्रेस सगंठनका जगत जैगडी लगायले सम्बोधन गरेका थिए । नेपाल पत्रकार महासघं कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा आयोजित सभाको सञ्चालन महासघं कैलालीका सह सचिव शकंर बोहराले गरेका थिए ।
धनगढी, सुखड, लम्की र टीकापुरमा बिरोधका कार्यक्रम सम्पन्न भएका छन् । पत्रकार महासङ्घले यसअघि तय गरिएका कार्यक्रम रद्द गरेर विरोध सभा आयोजना गरिएको छ । पत्रकारको हत्या तथा सञ्चारमाध्यममा गरिएको आगजनी तथा तोडफोडको विरुद्ध विरोध सभाको आयोजना गरिएको हो ।

काठमाडौँमा शुक्रवार भएको राजावादीको आन्दोलनका क्रममा भएको आगलागीमा एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । विभिन्न सञ्चार माध्यमहरूमा तोडफोड तथा आगलागी गरिएको छ ।



शनिबार १५, चैत २०८१ ०५:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal