धनगढी कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा नेविसंघले बिरासत फर्काएको छ ।
मंगलबार सम्पन्न भएको स्ववियु निर्वाचनबाट नेपाली कांग्रेस निकट नेविसंघले सभापतिसहितका पदमा क्लीन स्वीप गरेको हो ।
अन्तिम मतपरिणामअनुसार नेविसंघका दिपकराज भट्ट विजयी भएका छन् । भट्ट प्रतिद्धन्द्धी एमाले निकट अनेरास्ववियुका दिपेन्द्र भट्ट दिपिन लाई पराजित गर्दै विजयी भएका हुन् ।
सचिवमा नेविसंघका देबेन्द्र बोहराडेभिड र कोषाध्यक्षमा सञ्जिताकुमारी चौधरी विजयी भएका छन् । यसअघि ऐश्वर्य बहुुमुखी क्याम्पसको स्ववियु सभापतिसहितका पदमा एमाले सम्बद्ध अनेरास्ववियुुले प्यानलसहित जितेको थियो तर यो पटक भने नेविसंघले क्लीन स्वीप गर्दै अनेरास्ववियुको बिरासत भत्काएको छ ।
नेविसंघले ऐश्वर्य बहुुमुखी क्याम्पसको नतिजालाई ऐतिहासिक भनेको छ । योसँगै नेविसंघले कैलालीका पाँच क्याम्पसमा स्ववियु चुनावको नतिजा आफ्नो पक्षमा पारेको छ ।
प्रतिकृया दिनुहोस