आर आर क्याम्पसको स्ववियु सभापतिको पदमा सुदूरपश्चिमका जोशी

युग संवाददाता     143 पटक पढिएको    

आर आर क्याम्पसको स्ववियु सभापतिको पदमा सुदूरपश्चिमका जोशी

 

धनगढी । आगामी चैत ५ गते हुने रत्न राज्यलक्ष्मी क्याम्पस आरआरको स्ववियु सभापतिको पदमा नेपाल विद्यार्थी संघको उम्मेदवारको रूपमा विनोदराज जोशी चुनावी मैदानमा छन् । सुदूरपश्चिमको दार्चुला घर भएका जोशी नेपाल विद्यार्थी संघको आधिकारिक उम्मेदवार हुन् ।

उनका लोकप्रिय नारा र यस अघि विद्यार्थिहरुको पक्षमा गर्दै आएको कामले जोशी प्रति विद्यार्थिहरुको चुनावी माहौल बनेको छ । जोशीले यस अघि काठमाडौँका विभिन्न कलेज र क्याम्पसमा बिद्यार्थिहरुबाट लिँदै आएको अवैध शुल्क रकम रोक्ने अभियान पनि सुरु गरेका थिए । स्यवियु सभापतिका 

उनले कयौँ विद्यार्थिहरुले तिरेको अवैध रकम फिर्ता समेत गराएकाले उनी राजधानीका बिद्यार्थिहरु माझ लोकप्रिय समेत बन्दै आएका छन् । उनले कयौँ विद्यार्थिहरुको भर्ना प्रक्रियामा सहयोग गर्दै आएका थिए ।

आरआरबाट राजनीति शास्त्रमा स्नातकोत्तर तह गर्दै गरेका जोशी सुदूरपश्चिमको दार्चुला बासिन्दा हुन । दार्चुलाको मालिकार्जन ८ पस्तीमा जन्मेका जोशीले ऐश्वर्य विद्या निकेतन कैलालीबाट एससिई गरेका हुन । उनले नेवि संघमा ऐश्वर्य विद्या निकेतनमा पढ्दापढ्दै प्रवेश गरेका थिए ।

उनी ऐश्वर्य विद्या निकेतन नेविसंघ एकाई कमिटीको अध्यक्ष समेत भई सकेका छन् । उच्च शिक्षा अध्ययनको शीलशीलमा राजधानी प्रवेश गरेका जोशीले विद्यार्थी राजनीतिलाई निरन्तरता दिँदै आएका हुन । उनी नेपाल ल क्याम्पसबाट समेत बिएलएलबि समेत गरिरहेका छन् ।

उनले आरआर क्याम्पसबाट स्वबियुु सभापतिमा निर्वाचित भएका विश्व विद्यालय र अन्य क्याम्पस कलेजमा डिजिटल लाइब्रेरी स्थापना गर्ने गराउने , आर आरका बिद्यार्थिहरुलाई रोजगारी सँग जोड्दै विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कम्पनी मा इन्र्टनसीपको व्यवस्था गर्ने, आरआर कलेजबाट बिद्यार्थिहरुलाई पैसा कमाउने थलो बनाउने अभियान चाल्ने , निःशुल्क वाई फाई लगायतका लोकृपृर्य चुनावी घोषणा पत्र जारी गरेका छन् ।



सोमबार ०३, चैत २०८१ ०३:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal