धनगढी प्रधानमन्त्री केपी शर्मा आलीले देशभर विकासले निरन्तर गतिलिरहेको बताएका छन् । आईतवार धनगढी सभा गृहको उद्घाटन गर्ने क्रममा प्रधामन्त्री ओलीले सो कुरा बताएका हुन ।
धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा निर्माण गरिएको सभा गृहको प्रधानमन्त्री ओलीले आइतवार उद्घाटन गरेका हुन।
सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले निर्माण गरेको सभा गृह धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री ओलीले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई सभा गृह हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन्। सभा गृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा केही भएको छैन भन्नेहरूका लागि एक उदाहरण सभा गृह रहेको बताए। उनले भने,‘देश विकासको बाटोमा अगाडि बढिरहेको छ। एउटा प्रमाण यो हो। यो नै विकाश भइरहेको यो प्रमाण हो। धनगढीले एक उपहार प्राप्ता गरेको छ। योलाई सदुपयोग गर्नुहोस्। गोष्ठी, सेमिनारहरू सञ्चालन गर्नुहोस।’
सङ्घीय सरकारले ३२ करोड २५ लाख ९७ हजारको लागतमा सभा गृह निर्माण गरेको हो। सहरी विकासले २०७५ माघ २ गते सभा हल निर्माणका लागि सम्झौता गरेको थियो। निर्माण कम्पनीले २०७९ असार २४ गते ‘धनगढी सभा गृह’ सहरी विकासलाई हस्तान्तरण गरेको हो।
सभा गृह सिटी हल बिकेवाई एमके रोयल जेबीले निर्माण गरेको हो। धनगढी उपमहानगरपालिका–८ मा एक बिघा क्षेत्रफलमा सभा गृह निर्माण गरिएको छ। सभा गृहको मुख्य हलमा सात सय ५३ जनाको क्षमता रहेको छ। दोस्रो तालिम हलमा दुई सय १० जनाको क्षमता रहेको छ। सभा गृहमा ४६ वटा कारहरू र ९८ वटा मोटरसाइकल एक साथ प्राकिङ्ग गर्न सकिने छन्। विशिष्ट व्यक्तिका लागि खाना खाने ठाउँ पनि सभा गृहमा निर्माण गरिएको छ।
प्रतिकृया दिनुहोस