गौरीगंगा फागुन २१ / हेमा श्री फाउन्डेसन नेपालद्वारा विपन्न ६ जना विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ । गौरीगंगा नगरपालिका वडा नं ६ मोयामा रहेको भैरव प्राथमिक विद्यालयमा अध्ययनरत बिपन्न तथा जेहेन्दार ६ जना विद्यार्थीहरुलाई पोसाक वितरण गरेको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थि योगेन्द्र बिक कक्षा २,सिम्रन चौधरी कक्षा २,जानकी बिक कक्षा ३ भिम शाही कक्षा ४,आशिका चौधरी कक्षा ५ जेनिस साँउद कक्षा ५ का बिद्यार्थीहरु लाई पोसाक वितरण गरेको संस्थाका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी बाजेले बताए ।
विद्यालयमा अध्ययनरत विद्यार्थिहरुकापरिवारको आर्थिक स्थिति कमजोर रहेको पोसाक समेत खरिद गर्नका लागि समस्या र सिलाएका पोसाक पुराना फाटेका का।णले विद्यार्थीहरु विद्यालयमा नियमित आउन छोडने गरेकाले विद्यार्थीहरुलाई नियमित पठनपाठनमा सहभागी गराउन हौसला प्रदान गर्न संस्थाले पोषक वितरण गरेको कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी बाजेले बताए ।
कार्यक्रमको अध्यक्षता फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी बाजेको रहेको थियो । भने प्रमुख अथिति गौरीगंगा नगरपालिका वडा नं ६,वडा अध्यक्ष टेक बहादुर कुँवर रहनु भएको थियो। । कार्यक्रममा सहभागि वडा सदस्य सियाराम चौधरी,अमर माविका अध्यक्ष दान बहादुर कुँवर,भैरव प्राविका अध्यक्ष चक्र पार्की ,दृस्टी ग्रामीण विधुत सहकारी अध्यक्ष वीर बहादुर शाह,फाउन्डेसनका सचीव चक्रजित रावल,शिक्षक अभिभावक संघ अध्यक्ष, अभिभावक,शिक्षक र बिद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो। विद्यालयका प्रध्यानाध्यापक अनवराज उपाध्यायले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको कार्यक्रमको थियो भने, संचालन फाउन्डेसनका सदस्य सत्यराज जोशीले गर्नु भएको थियो।
प्रतिकृया दिनुहोस