हिल्वर्ड विद्यालयको भोलि २० औँ वार्षिकोत्सव मनाउने

युग संवाददाता     269 पटक पढिएको    

हिल्वर्ड विद्यालयको भोलि २० औँ वार्षिकोत्सव मनाउने

 


धनगढी । कैलालीको धनगढीमा रहेको हिल वल्र्ड ईङ्गलिस वोर्डिङ हाई स्कुलले भोलि २० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने भएको छ ।  शनिबार स्कुलले आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिकोत्सवबारे जानकारी दिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर बमले विद्यालय गुणस्तरीय शिक्षा दिन प्रयत्नशील रहेको बताए । यस विद्यालयबाट उत्पादित भएका विद्यार्थीहरु कैयौँ डाक्टर,इन्जिनियर,सीएसम्म उत्पादन गरी मुलुकलाई आवश्यक जनशक्ती कतै न कतै टेवा पुरÞ्याएको उनले बताए ।

शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाएको यस विद्यालयले जिल्लास्तरीय र एसईईको परीक्षमा उल्लेखनीय र प्रभावकारी नतिजा ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल डिआर शर्माले बताए ।

स्थापना कालमा पहिलो वर्ष ३५ जना विद्यार्थीबाट सुरु गरिएको यस विद्यालयमा हाल आएर ५५० जना विद्यार्थी रहेको उनले बताए । आवासमा पनि सुदूरपश्चिमका पहाडी जिल्लाका बालबालिकालाइ न्यन शुल्कमा सन्तुलित भोजनको प्रवन्ध गरी आवासमा पनी ३५ जना विद्यार्थी रहेको जानकारी उनले जानकारी दिए ।
 



शनिबार १०, फागुन २०८१ ०४:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal