फारवेष्ट माध्यामिक विद्यालयले गुणस्तरिय शिक्षामा  महत्वपूर्ण  भूमिका खेलेको छ : पाठक

युग संवाददाता     83 पटक पढिएको    

फारवेष्ट माध्यामिक विद्यालयले गुणस्तरिय शिक्षामा  महत्वपूर्ण  भूमिका खेलेको छ : पाठक

 

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले शिक्षा क्षेत्रमा निजीले संचालन गरेका विद्यालयहरुले गुणस्तरिय शिक्षामा  महत्वपूर्ण  भूमिका खेलेको   बताएका छन् ।

धनगढी उपमहानगरपालिका–५ स्थित फारवेष्ट माध्यमिक विद्यालयलको मङ्गलबार आयोजित ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन कार्यक्रममा बोल्दै उनले नीजि विद्यालयले प्रदान गर्ने शैक्षिक गुणस्तरका कारण नीजि विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दै गएको बताए ।

उनले नीजि विद्यालयले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताए । शैक्षिक गुणस्तरमा ध्यान दिएका कारणले विद्यार्थी पास हुने परिणाम पनि उचित आउने गरेको उनले बताए ।

उनले नीजि विद्यालयसँग सीमित साधन स्रोत भएर पनि शैक्षिक गुणस्तर कायम गर्न शिक्षक शिक्षिका अहोरात्र खटेर अभिभावकलाई सन्तुष्ट बनाउन सफल रहेको बताए ।

 

विद्यालयको सञ्चालक समितिका अध्यक्ष चन्द्रदेव भट्टले फारवेष्ट विद्यालय समयानुकुल गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिवद्ध रहेको बताए ।उनले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा विशेष जोड दिँर्दै आएको बताए । कार्यक्रममा पञ्चोदय माध्यमिक विद्यालयमा पूर्व प्रधानाध्यापक पदम कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यलायका प्रधानाध्यापक विष्णुबहादुर राईले विद्यार्थीको पाठ्यक्रममा मात्रै नभई शैक्षिक,सामाजिक तथा चौतर्फी विकासका लागि विद्यालयले विविध अतिरिक्त क्रियाकलाप गर्दै आएको बताए ।

अतिरिक्त त्रियाकलापले विद्यार्थीको अन्तरनिहित क्षमता प्रष्फुटन गर्न सहयोग पुग्ने बताउँदै उनले विद्यार्थी क्षमता निर्धक्क भएर प्रष्फुटन गर्न मद्धत गर्ने बताए । यस वर्ष ६० भन्दा बढी अतिरिक्त क्रियाकलाप गरिएको र शैक्षिक भ्रमण आवधिक रुपमा गर्ने गरेको उनले बताए ।
विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको बताउँदै उनले विद्यालयमा उचित विज्ञान प्रयोगशालाको व्यवस्था रहेको बताए । हाल विद्यालयमा ४ सय बढी विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ 

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज जोशीको अध्यक्षतामा भएको थियो । वार्षिकोत्वका अवसरमा विभिन्न विधाका विजयी प्रतियोगीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।



मङ्गलबार ०६, फागुन २०८१ ०१:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal