आज शुक्रबार, शुक्रबारको दिनमा दक्षिणकालीमाईको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ साल जेठ १० गते आज शुक्रबार, शुक्रबारको दिनमा दक्षिणकालीमाईको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ साल जेठ १० गते शुक्रबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हु

Yugnepal     938 पटक पढिएको    

आज शुक्रबार, शुक्रबारको दिनमा दक्षिणकालीमाईको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ साल जेठ १० गते आज शुक्रबार, शुक्रबारको दिनमा दक्षिणकालीमाईको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ साल जेठ १० गते शुक्रबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हु

आज शुक्रबार, शुक्रबारको दिनमा दक्षिणकालीमाईको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ साल जेठ १० गते शुक्रबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।। जय दक्षिणकालीमाई 

वि।सं।२०७६ साल ज्येष्ठ १० गते । शुक्रबार । ईश्वी सन् २०१९ मे २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि षष्ठी,अहोरात्र । नक्षत्र उत्तराषाडा,०६ घडी ५२ पला,बिहान ०७ बजेर ५८ मिनेट उप्रान्त श्रवण । योग शुक्ल,१४ घडी २२ पला,बिहान १० बजेर ५८ मिनेट उप्रान्त ब्रम्ह । करण गर,बेलुकी ०५ बजेर १४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा आनन्द योग । चन्द्रराशि मकर ।  काठमाडौंमा सूर्योदय ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४९ मिनेट । दिनमान ३४ घडी ०१ पला ।

मेष  - चू,चे,चो,ला,लि,लू,ले,लो,अ० व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुँने योग रहेको छ । समस्याहरुको समाधान गरि आम्दानिका स्रोत हरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँनेछ ।बृष९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरहरुको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु बन्ने हुँनाले मन खुसि हुँनेछ । व्यावसायमा लगानि बढाएर भनेजस्तो नाफा कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुँनाले अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न जागर बढ्नेछ ।

मिथुन - का,की,कू,घ,ङ,छ,के,को,हा० रुपैया पैसा तथा धन सम्पतिको राम्रो सँग व्याबस्थापन गर्नुहोला हराउँने तथा चोरिने अधिक सम्भावना रहेकोछ । व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँदा समस्याहरु टार्न अलि गाह्रो भएको महशुष हुँनेछ । जीवनसाथिसँय असमज्दारि बढ्ने तथा बिश्वास गरेकाहरुबाटनै धोका हुँनेछ । पढाई लेखाईमा राम्रो नतिजा ल्याउँन बढिनै मेहनेतको खाचो रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कर्कट - ही,हू,हे,हो,डा,डी,डु,डे,डो० आर्थिक तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । जीवनसाथि सँग लामो दुरिको रमाईलो यात्राको तय हुँनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न सकिने हुँदा आर्थिक क्षेत्र सवल हुँनेछ । अध्ययन अध्यापनमा मन जाने हुँनाले सकारात्मक नतिजा हात लाग्नेछ । बिभिन्न भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ ।

सिहं - मा,मी,मू,मे,मो,टा,टी,टू,टे० स्वास्थले साथ दिनेहुँदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार बिश्तार गरि प्रशस्त रुपैया पैसा कमाउँनेछ । नयाँ ठाउको भ्रमण गरि संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ ।

कन्या - टो,पा,पी,पु,ष,ण,ठ,पे,पो० बौद्धिक प्रतिश्पर्धामा तपाईको नाम अग्र पंतिमा आउँनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ । पढाई लेखाईमा सोचेजस्तो प्रगति हुँनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा मन जानेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

तुला - रा,री,रु,रे,रो,ता,ती,तू,ते० समाजसेवामा समय व्यातित हुँनेछ भने आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।

बृश्चिक  - तो,ना,नी,नू,ने,नो,या,यी,यू० छोटो तथा रमाईलो भ्रमण गर्ने अवसर प्राप्त हुँनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नुका साथै नयाँ काम तथा उद्योग शुरु गर्ने समय रहेकोछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने जुन सुकै कामपनि फस्टाएर जानेछ । आफुले मन पराएको मानिसलाई आफ्नै मन मुटुमा राखेर माया गर्न पाउँदा मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले भनेजस्तो नतिजा हात लाग्नेछ ।

धनु - ये,यो,भा,भी,भू,ध,फा,ढा,भे० माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । कुटुम्ब तथा आफन्तहरु बिचको सम्बन्ध सौहार्दपुर्ण रहनेछ भने तपाईबाट राम्रा कामहुँने हुँनाले सम्मान प्राप्त हुँनेछ । थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । व्यापार व्यावसायमा थोरै समय दिदानि मनग्गे आम्दानि हुँनेछ ।

मकर - भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी० व्यापार व्यावसायमा नाँफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ । सामाजिक क्षेत्रमा सहभागि हुने अवसर जुर्ने भएपनि सहकर्मीहरु बाटनै आलोचना खेप्नु पर्नेछ । पढाई लेखाईमा बाधा तथा अवरोधको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने घर परिवारमा एक अर्का बिच राय नमिल्ला कामहरु थाति रहनेछन् ।

कुम्भ - गू,गे,गो,सा,सी,सू,से,सो,दा० पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न गाह्रो महशुष हुँनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोकाहुने तथा घर परिवारमा आफन्त सँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ ।

मीन- दी,दू,थ,झ,ञ,दे,दो,चा,ची० आम्दानिका स्रोत पहिल्याउँन सकिनेछ भने आयस्रोतका बाटाहरु फराकिला हुँनेछन् । पैत्रिक सम्पतिको परिचालन गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लाग्ने हुँदा अध्ययनमा मन जानेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा अगाडि देख्न पाउँदा मन प्रफुल्लित हुँनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ ।



शुक्रबार १०, जेठ २०७६ १०:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.