धनगढी माघ २५ नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलन धनगढीमा सुरु भएको छ । सम्मेलनको सम्मेलनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले उद्घाटन गरेकी छिन् ।
जिल्ला कार्य समितिको माघ २० गते बसेको बैठकले १४ औं महाअधिवेशन पछिको दोस्रो जिल्ला सम्मेलन माघ २५ गते गर्ने निर्णय गरेको थियो ।
सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश कार्यसमिति,महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि,क्षेत्रीय सभापति,पदाधिकारीहरु,पालिका सभापति,पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको छ ।
यस्तै पार्टीका वडा सभापति, क्षेत्रीय प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाहरुका प्रमुख एवं प्रतिनिधिहरुको सम्मेलनमा सहभागिता रहेको छ ।
सम्मेलन धनगढीस्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा भइरहेको
प्रतिकृया दिनुहोस