सङ्गठनलाई सशक्त बनाउन आवश्यक छ ः पुर्वमन्त्री देउवा

युग संवाददाता     100 पटक पढिएको    

सङ्गठनलाई सशक्त बनाउन आवश्यक छ ः पुर्वमन्त्री देउवा


धनगढी २३ माघ /  सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउबाले पूर्वमन्त्री देउबाले कैलाली ३ मा हालैका निर्वाचनहरूमा जातीयताको नाममा राजनीति भएको बताए । नेता देउवाले रेशम चौधरीले “राज्यले अन्याय गर्‍यो” भन्ने नाराका आधारमा पार्टी स्थापना गरी चुनाव जिते पनि जनताका लागि ठोस उपलब्धि दिन नसकेको आरोप लगाए । “आज दुई वर्ष पुग्न लागिसक्यो, जनताका लागि के भयोरु प्रदेशमा मन्त्री भएर के गर्नुभयोरु संघमा मन्त्री भएर के गर्नुभयोरु“ भन्दै उनले प्रश्न उठाए।

बुधबार हसुलियामा कैलाली क्षेत्र नं ३को क्षेत्रीय समितिले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अब पार्टी सङ्गठन मजबुत बनाए मात्रै ८४को चुनावमा लक्ष्य अनुरूप सफलता हासिल गर्न सकिने बताएका छन् । यसका लागि हामीले पार्टीको सङ्गठन र सबै तहका संरचनालाई चलायमान बनाएर लैजानुपर्ने बताएका छन् ।

नेता देउवाले पार्टीले सहभागी हुने कुनै पनि चुनावमा विजय हासिल गर्न सङ्गठनलाई अझ सशक्त बनाउन आवश्यक रहेको बताए । कैलारी गाउँपालिकामा पार्टीको बलियो उपस्थिति रहेको छ। उनले विशेष गरी प्रदेश तथा सङ्घीय चुनावमा सङ्गठनलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता रहेको बताए । कैलाली क्षेत्र नं ३ थारु समुदायको बाहुल्य रहेको क्षेत्र भएकाले जातियताको आधारमा राजनीतिक गतिविधि बढ्दै गएको उनको भनाइ छ । उनका अनुसार अहिले कैलाली क्षेत्र नं ३ मा पार्टी सङ्गठनलाई थप मजबुत बनाउँदै आगामी चुनावमा जित हासिल गर्नुपर्ने आवश्यकता रहेको बताए ।

नेपाली कांग्रेस कैलारी गाउँ कार्यसमितिका सभापति कृष्णप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न सम्मेलन नेपाली कांग्रेसका युवा नेता, सुदुरपश्चिम प्रदेश सरकारका निबर्तमान भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश बहादुर देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सम्मेलनमा नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश सदस्य राजसमझ चौधरी,नेपाल कांग्रेसका पुर्ब आमन्त्रित केन्द्रीय सदस्य आशाराम चौधरी, महासमिति सदस्यहरु भगवती चौधरी, रामचरण चौधरी र पुरन प्रसाद चौधरी, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यहरु रोशन सिह र तपेन्द्र भुषाल, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तिर्थराज पन्त,डा। प्रदिप मिश्र, नेविसंघ कैलालीका अध्यक्ष लगायत नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।



बिहिबार २४, माघ २०८१ ०४:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal