धनगढी,२३ माघ
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार निरंकुश शैलिमा ढल्केको आरोप लगाएका छन् । २०८४ को चुनाव अघि कुनै दल संग सहकार्य नगर्ने बताए । उनले अब माओवादी केन्द्र २०८४ को निर्वाचनमा एकलै लड्ने गरि अघि बढेको बताए ।
बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव पुुनले २०८४ को निर्वाचन अघि बामपन्थी धु्रवीकरणको सम्भावना नरहेको बताए । पुनले बामपन्थी एकता अन्तरगत नेकपा एमालेसँग पार्टी एकीकरण र गठबन्धन गरिसकेको कुरालाई स्मरण गराउँदै अब सम्भावना सकिएको बताए ।
‘हामीले बामपन्थी मिल्नुुपर्छ भनेर पार्टी एकता, गठबन्धन गरेका थियौँ । त्यो बिग्रिसकेपछि पनि कोर्ष करेक्सन गर्न खोज्यौँ तर एमाले त्यो होइन रहेछ,’ पुुनले भने,( ‘२०८४ को निर्वाचनमा हामी एक्लै लड्छौँ । बामपन्थी ध्रुुवीकरण सम्भव छैन । ओली जीले दुुईपटक धोका दिइसक्नुुभएको छ । उहाँबाट तेस्रो पटक धोका खाने पक्षमा छैनौँ ।’
अहिले माओवादीलाई प्रतिपक्ष बस्न सुुझाव प्राप्त भएको बताउँदै पुुनले २०८४ मा सबै तहका निर्वाचन एक्लै लड्ने दाबी समेत गरेका छन् ।
अध्यादेश राष्ट्रियसभाबाट फेल हुुनसक्छ
फरक प्रसंगमा बोल्दै नेता पुुनले सरकारले प्रतिनिधि सभा छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको बताए तर सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभाबाट फेल हुुने अवस्था रहेको उनको भनाई छ ।
दुुई ठूूला दल मिलेर बनेको सरकारले अध्यादेशमार्फत शासन चलाएर संसदको मानहानी गर्दैै बहुुमतको आडमा स्वच्छाचारी र निरुकुंशता लाध्न खोजेको आरोप पुुनको छ ।
‘हामीसँग बहुुमत छ । जे गर्दा पनि हुुन्छ । अध्यादेश ल्याउँछौँ पारित गछौँ भन्ने मनसाय सरकारको देखिन्छ तर त्यो हुुनु दुःखद कुुरा हो,’ पुनले भने, ‘लोकतन्त्र, विधीको शासनमा कानुुन संसदले बनाउने हो । कार्यान्वयन कार्यपालिकाले गर्छ । कार्यपालिकाले बनाउन थाल्यो भने संसदको कामै हुुँदैन् ।’
अहिलेका प्रधानमन्त्रीले विगतमा आफूूसँग दुुई तिहाइ बहुुमत हुँदाहुुँदै संसद छल्ने, अध्यादेशमार्फत शासन गर्ने र संसद विघटन गर्ने काम गरेका थिए फेरी त्यही प्रवृत्ति दोहोरिएको आम आशंका उब्जिएको उनी बताउँछन् ।
ओलीले आफूले विगतमा गरेका काम सही थिए भनेर पुष्टि गराउन प्रयत्न गर्न खोजेको देखिएको पनि पुुनले बताए । सरकारले भनेजस्तो अध्यादेश पारित गराउन सहज अवस्था नरहेको बताउँदै उनले राष्ट्रिय सभाबाट फेल हुुने आशंका रहेको बताए ।
‘सरकारले भनेजस्तो कम्र्फटेबल अवस्था पनि छैन । कांग्रेस सभापतिले नै राष्ट्रिय सभामा रहेका दललाई सम्पर्क गर्दै अध्यादेश पािरत गर्न सघाउन भनिरहनुुभएको छ,’ पुुनले भने, ‘अध्यादेश राष्ट्रिय सभामा फेल हुुन्छ भन्ने आशंका पनि छ । त्यो यथार्थ पनि हो । माओवादी र समाजवादी जोड्दो ठूूलो संख्या छ । कांग्रेस, एमाले बाहेकका दलले समर्थन नगर्दा सहजै फेल हुुने देखिन्छ ।’
प्रतिकृया दिनुहोस