गेटा मेडिकल कलेज संचालनका लागी  सरकारलाई ज्ञापन पत्र

युग संवाददाता     137 पटक पढिएको    

गेटा मेडिकल कलेज संचालनका लागी  सरकारलाई ज्ञापन पत्र


धनगढी । कैलालीको गेटामा बिश्वबिद्धालयको माग गर्दै संघर्षरत समितिले तत्काल मेडिकल शिक्षा यसै बर्ष संचालनको माग गर्दै ‘एप्रोन’ सहित विरोध प्रर्दशन गरेको गरेको छ । देश भरीमा पच्चिस भन्दा बढी मेडिकल कलेज प्रतिष्ठान सञ्चालन भइरहँदा सुदूरपश्चिम प्रदेशमा हाल सम्म कुनै पनि मेडिकल कलेज नभएको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

हाल नेपालभर सरकारी र निजी गरि २५ वटा मेडिकल कलेज छन् । सुदूरपश्चिम बाहेक सबै प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज छ । सुदूरपश्चिमवासी भने कुनै गम्भीर रोग लाग्दा उपचार गराउन भारतको लखनउ, नयाँदिल्ली लगायतका अस्पताल जान बाध्य छन् । यो अवस्थामा कैलालीको गेटामै मेडिकल कलेज चलाउन यस क्षेत्रबाट उठेका राष्ट्रिय नेताहरुको ध्यान नजादाँ जहिले यसै विषयमा आन्दोन गनुपर्ने बाध्यता भएको यस क्षेत्रका नागरिको गुनासो छ । स्थानीय हेमराज अवस्थीले सकारले सुदूरपश्चिम लाई हेर्न दृष्ट्रिकोणमा किहले परिर्वतन आउँछ भनी प्रश्न गरेका छन् । उनले यस क्षेत्र बाट रानिती गर्न नेताको कहिले ध्यान जाने भन्दै आक्रोस पोखेका छन् ।

कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने सरकारको निर्णयसँगै यति वेला सहिद दशरथचन्द विश्व विद्यालय सम्बन्धी विधेयक विषयगत समितीमा रोकिएको छ । देशमा २५ वटा भन्दा बढी मेडिकल कलेज संञ्चालनमा हुदा समेत सुदूरपश्चिम प्रदेशमा अहिले सम्म कुनै मेडिकल कलेज नभएको भन्दै यस क्षेत्रका नागरिक रुष्ट छन् ।

गेटामा मेडिकल कलेजका नाममा करिब ६ अर्ब लागतका संरचना निर्माण गरिएका छन् । ६ सय शय्याको अस्पताल र मेडिकल कक्षा सञ्चालन गर्न सकिने पूर्वाधार दुई वर्षअघि नै तयार छ । तर, गेटामा हाल ५० शय्यामा मात्र अस्पताल सञ्चालनमा छ । त्यसमा पनि स्वीकृति दरबन्दीअनुसार जनशक्ति छैन । उपकरण जडान हुने क्रममा रहेकाले सबै सेवा उपलब्ध छैनन् । अर्कोतिर उपलब्ध सेवामा पनि बिरामी छैनन् । यस्तोमा पनि राज्यले सधै सुदूपश्चिम लाई हेपेको भन्दै आन्दोलन गर्न बाध्य हनु परेको स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालानार्थ संघष समितीका संयोजक लोक राज पाण्डे आगोले गुनासो गरे । उनले सरकार गम्भिर नभए थप आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

सरकारले गत वर्षको नीति तथा कार्यक्रममा गेटामा सय शय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरेकोमा स्वास्थ्य मन्त्रालयले भने ५० शय्याको मात्र स्वीकृति दिएको छ । सरकारले मेडिकल कलेजका नाममा पूर्वाधार निर्माण गरेको हो । मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा लामो समयको अन्योल चिर्दै सरकारले गत वर्ष गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । त्यसका लागि ऐन निर्माणको प्रक्रियामा छ । तर, विश्वविद्यालयका लागि आवश्यक पर्ने तीन सय शय्याको अस्पताल सञ्चालन गरेर सुदूरपश्चिमका नागरिकलाई स्तरीय स्वास्थ्य सेवा दिनेतर्फ सरकारले ध्यान दिन सकेको छैन ।



सोमबार २४, भदौ २०८१ ०२:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal