महासंघको निर्बाचन असोज पाँच गते हुँदै

युग संवाददाता     139 पटक पढिएको    

महासंघको निर्बाचन असोज पाँच गते  हुँदै


धनगढी  । नेपाल पत्रकार महासंघको सबै तहको निर्बाचन एकै साथ असोज पाँच गते हुने भएको छ । आज नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले प्रेस विज्ञप्ती प्रकाशित गर्दै सो को जानकारी गराएको हो ।

सबैतहको निर्वाचन एकै साथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको समेत जानकारी गराउछु विज्ञप्तीमा भनिएको छ । महासंघ आफैमा एउटा स्वतन्त्र र छाता संस्था हुँदाहुँदै पनि यस संग सरोकार राख्ने पक्षको आवाजलाइृ सुन्ने र सम्वोधन गर्ने अभ्यास र दायित्वका कारण केही अन्यौल अलमल देखिन पुगेको स्पष्ट गर्न चाहेको विज्ञपतीमा उल्लेख छ ।
जारी गरेको विज्ञप्तीमा यस पटकको प्रयासवाट भएको सदस्यता शुद्धीकरणले पेशागत शुद्धता र महासंघको शुद्धीकरणका लागी महत्वपुर्ण हुने विश्वास लिएको पनि जनाएको छ ।



आइतबार १६, भदौ २०८१ ०१:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal