दुई ठुला दल मिलेर सरकार बन्नु अनौठो होइन - परराष्ट्रमन्त्री देउवा

युग संवाददाता     212 पटक पढिएको    

दुई ठुला दल मिलेर सरकार बन्नु अनौठो होइन  - परराष्ट्रमन्त्री  देउवा

 

धनगढी । नेपाली काँग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले दुई ठुला दल मिलेर सरकार बन्नु अनौठो नभएको बताएकी छिन् । कैलालीको धनगढीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राणाले यस्तो बताएकी हुन् । देश समस्यामा परेको समयमा ठुला दलकै सरकार बनेको छ, उनले भनिन्, सरकार अस्थिर हुँदा विकासको गति र समृद्धिको चाहना पूरा नभएकोले अहिलेको सरकार बनेको हो । स्थिर सरकारकै लागि हामी मिलेका हौं ।
मन्त्री राणाले अहिलेको सरकारको एउटा उद्देश्य संविधानको संशोधन पनि भएको बताइन् । तर, संविधानको मूलभूत सिद्धान्त परिवर्तन नहुने उनको दाबी थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भन्नुभएको र धेरैले तपाईं बन्नुहुन्छ भनेर अनुमान गरेका छन् नी भनेर पत्रकारले सोधेको जिज्ञासामा उनेले भनिन्, बाहिर मेरोबारे जेजस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु ।

प्रधानमन्त्रीज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभाको होला । उनले काग्रेस पार्टीमा थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य भएकाले आफू त्यसको लाइनमा नभएको बताइन् । परराष्ट्रमन्त्री बनेको छोटो समयमै नेपाललाई सबै देशले सहयोग गर्न चाहेको कुरा आफूलाई लागेको मन्त्री राणाको भनाई थियो । सबै देश नेपालप्रति सकारात्मक छन्, उनले भनिन्, तर विगतमा हाम्रोतर्फ केही कमजोरी भएका रहेछन् । अब ती कमजोरीलाई सुधार गर्नतर्फ लाग्छौं ।



बिहिबार १३, भदौ २०८१ ०१:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal