प्रधानमन्त्री ओलीलाई विश्वासको मत पक्षमा १८८ विपक्षमा ७४ मत

युग संवाददाता     222 पटक पढिएको    

प्रधानमन्त्री ओलीलाई विश्वासको मत पक्षमा १८८ विपक्षमा ७४ मत

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । गत असार ३१ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिएका हुन् । 


नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेको र उक्त प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गरेकामा ओलीले भारी बहुमतसहित विश्वासको मत पाएका हुन् । 

संसदमा उपस्थित २६३ सांसदमध्ये ओलीको पक्षमा १८८ मत आएको छ भने विपक्षमा ७४ मत आएको छ । मत दिन्न भन्नेमा एक मत परेको छ ।

प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन बनेसँगै अहिलेको सरकार मजबुत सरकार बनेको छ । 



आइतबार ०६, साउन २०८१ ०१:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal