वैद्यको क्रान्तिकारी कम्युनिष्ट पार्टी फेरि फुट्यो

युग संवाददाता     298 पटक पढिएको    

वैद्यको क्रान्तिकारी कम्युनिष्ट पार्टी फेरि फुट्यो

 

काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फेरि फुटेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी एकीकरण भएको १६ महिनापछि विभाजन भएको हो ।


विप्लव नेतृत्वको नेकपाबाट विभाजित भएर बनेको नेकपा बहुमतले वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग एकता गरेको थियो । 

एकतापछि पार्टीको सह–संयोजकको भूमिकामा रहेका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले विज्ञप्ति जारी गर्दै पार्टी एकता असफल भएको घोषणा गर्दै अलग भएको बताएका हुन् । 

उनले पार्टीलाई सुदृढ गर्न कयौँ प्रसाय गरे पनि वैद्य समूहको असहयोगका कारण सफल हुन नसकेको उल्लेख गरेका छन् । 



बिहिबार ०३, साउन २०८१ १०:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal