मुकुल ढकाल रास्वपा महामन्त्री पदबाट बर्खास्त

युग संवाददाता     340 पटक पढिएको    

मुकुल ढकाल रास्वपा महामन्त्री पदबाट बर्खास्त

 

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीका महामन्त्री डा। मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय बालाजुमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गरेको हो । 

पार्टीको निर्णय सुनाउँदै कार्यवाहक प्रवक्ता मनिष झाले केन्द्रीय समितिमा भएको छलफलका आधारमा निजबाट पार्टीको आचारसंहिताको दफा ४ १० को क,ख,च, प र फ एवं दफा ४ २० को ख, दफा ५ को क र ख, दफा ६ को क र ख, दफा ९ को क,ख,ग,घ समेतको उल्लङ्घन भएको ठहर गरेको बताए । 

उनले त्यसबाट पार्टीलाई पुगेको क्षतिलाई समेत विश्लेषण गर्दै केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने भन्ने सिफारिसलाई समेत ध्यानमा राखी निजलाई पार्टीको विधानको धारा ५६ ९३० बमोजिम पार्टीको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय भएको बताए । उनले पार्टी विधानको धारा ५७ बमोजिम निज उपर केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझे ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिन सक्ने निर्णय गरेको पनि बताए । 

उनले भने, ‘केन्द्रीय समितिमा भएको छलफलका आधारमा निजबाट पार्टीको आचारसंहिताको दफा ४ ९१० को क,ख,च, प र फ एवं दफा ४ ९२० को ख, दफा ५ को क र ख, दफा ६ को क र ख, दफा ९ को क,ख,ग,घ समेतको उल्लङ्घन भएको ठहर तथा सो बाट पार्टीलाई पुगेको क्षतिलाई समेत विश्लेषण गर्दै केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने भन्ने सिफारिसलाई समेत ध्यानमा राखी निजलाई पार्टीको विधानको धारा ५६ ९३० बमोजिम पार्टीको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय भएको छ । साथै पार्टी विधानको धारा ५७ बमोजिम निज उपर केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझे ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिन सक्ने निर्णय गरियो ।’



मङ्गलबार २५, असार २०८१ ०२:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal