कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएका तीन किशोरीका परिवारलाई क्षतीपुर्तीको माग

युग संवाददाता     190 पटक पढिएको    

कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएका तीन किशोरीका परिवारलाई क्षतीपुर्तीको माग

धनगढी कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएका तिनै किशोरीका परिवारलाई क्षतीपुर्ती दिन ससंदहरुले माग गरेका छन् । पुर्ब मन्त्री तथा कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित काग्रेंस नेता एन।पी साउँदले तीनै जना किशोरीका परिवारलाई क्षतीपुर्ती उपलब्ध गराउन सरकार सगं माग गरेका हुन् । आजको प्रतिनिधीसभा बैठकमा बोल्दै नेता साउँदले स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ–संस्थाको भरमा मात्रै कञ्चनपुरमा बाढीले पुगाएको विपदलाई छोड्न नसकिने बताए। कञ्चनपुरमा बाढीले ठूलो संख्यामा जीवन र धन दुवैको क्षति भएको उनले बताए। कञ्चनपुरमा भीषण बाढी रेकर्डको रूपमा रहिआएको उनले बताएका हुन्।


कञ्चनपुरको पुनर्वास नगरपालिका–५ रातोखाली खोलामा तीन किशोरी लक्ष्मी बोगटी सिर्जना बोगटी र आरती बोगटीको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–१ का सागर धानुकका ७ महिना छोरा सोनु धानुकको पनि मृत्यु भएको भएको छ। त्यस्तै बेलडाँडी गाउँपालिका–३ बैबाहका २३ वर्षीय डम्बर चौधरी बेपत्ता भएको उनले बताए।


यस्तै दोधारा–चाँदनी नगरपालिकामा भर्खरै एउटा महिलाको शव फेला परेको खबर आएको छ। तर पहिचान भइनसकेको सांसद साउदले प्रतिनिधि सभामा जानकारी समेत गराएका छन्। सोमबार पुनर्वास नगरपालिका–५ ९ग० गाउँ रातोखालेको पानीका डुबेर सोही ठाउँका १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १६ वर्षीया आरती बोगटीको मृत्यु भएको थियो ।


डुबान भएको खल्ला क्षेत्रमा पौडी खेल्ने क्रममा उनीहरु तीनै जना बेपत्ता भएका थिए । लक्ष्मी र सृजनाको शव फेला परेको केही घण्टा पछि आरतीको शव फेला परेको थियो । यसैगरी, कृष्णपुर नगरपालिका–१ पहरियाका सात महिने बालक सोनु धानुकको बिहानै डुबेर ज्यान गएको थियो । घरमा पानी पसेको बेला खाटबाट खसेका बालकको डुबेर ज्यान गएको जोशीले बताए । यस्तै, बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय डम्मर चौधरीको चौधर नदीमा डुबेर ज्यान गएको छ । आइतबार साँझ चौधर नदीमा माछा मार्न गएको बेला चौधरी नदीमा डुबेर बेपत्ता भएका थिए ।



मङ्गलबार २५, असार २०८१ ०२:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal