सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले राजीनामा नदिने, विश्वासको मत लिने

युग संवाददाता     122 पटक पढिएको    

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले राजीनामा नदिने, विश्वासको मत लिने

 फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका सोडारीले राजीनामा नदिएर साउनमा विश्वासको मत लिने निर्णयमा पुगेका छन् । नेकपा एकीकृत समाजवादी का संसदीय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री सोडारीले  पछिल्लो राजनीतिक परिस्थितिमा आफूले राजीनामा नगर्ने बताए । एमालेले सरकारको साथ छाडेर बिहीबार समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी नेतृत्वको प्रदेश सरकार सङ्कटमा परेको छ ।

बहुमत गुमाइसकेको अवस्थामा मुख्यमन्त्री सोडारीले साउन २० गतेभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । सो अवस्थामा विश्वासको मत प्राप्त गर्न नसके  सरकार ढल्नेछ । नेकपा ९एकीकृत समाजवादी पार्टीका सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा भएका थिए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेश सभा सदस्य र एक स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा उनि मुख्यमन्त्री भएका थिए ।


कांग्रेस र एमालेबिच नयाँ सहमति भएर सरकार गठनका लागि नयाँ समीकरण बनेपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठन र सरकार टिकाउनका लागि २७ जना सदस्यको समर्थन आवश्यक पर्छ । अल्पमतमा पर्नुभएका मुख्यमन्त्री सोडारीलाई माओवादीका १०, नेकपा एकीकृत समाजवादी का चार, नागरिक उन्मुक्ति पार्टीका सातमध्ये दुई र एक स्वतन्त्रगरी जम्मा १७ जनाको समर्थन रहेको देखिन्छ ।


एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले पटक–पटक विभिन्न कार्यक्रममा सोडारीले राजीनामा दिएर निकास दिनु पर्ने सुझाव दिएका छन् ।



शनिबार २२, असार २०८१ ११:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal